ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

मालिका गाउँपालिकालाई एमालेको १७ बुँदे ज्ञापनपत्र

१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

गुल्मी, ०१ जेठ ।
जिल्लाको मालिका गाउँपालिकाको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै एमालेले १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपा एमाले मालिका गाउँपालिकाले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै गाउँपालिकालाई १७ बुँदे ज्ञापनपत्र बुझाएको नेकपा एमाले मालिका गाउँपालिका अध्यक्ष शोभाखर गिरीले जानकारी दिएका छन् ।ज्ञापन पत्रमा अघिल्लो सरकारले सुरु गरेका सामुदायीक स्वास्थ्य इकाई, ल्याव, जिरो होम डेलिभरी, समुदाय स्तरको बालशिक्षा, विद्यालय, वडा कार्यलय र गाँउपालिकाको समग्र काममा प्रतिकुल प्रभाव पार्ने गरि गरिएको निर्णय तत्काल सञ्चाउन माग गरिएको छ । शिक्षक तथा कर्मचारी अपमानजनक ढङ्गले गरिएको निस्काशनले समग्र कर्मचारी र शिक्षकलाइ काम गर्न निरुत्साहित पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याललाई बुझाईएको उक्त ज्ञापन पत्रमा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय तहको सेवा प्रवाहमा व्यापक कमजोरी, योजना छनोटमा पहुँचवालाको दबाब, विकास भन्दा बितरणमुखी प्रवृति,अनियमितता र अपारदर्शिता बढी रहेको जस्ता आरोपहरू लगाइएको छ । दलका प्रतिनिधिहरूले स्थानीय सरकारको योजना छनोट टुक्रे, आसेपासेमुखी र शक्तिशाली समूहको प्रभावमा हुनेगरेको आरोप लगाईएको छ ।

विपन्न, दलित, महिला, अपाङ्गता, जनजाति र किसान समुदायका आवश्यकता र प्राथमिकताहरूलाई बेवास्ता गर्दै राजनीतिक पहुँचवालालाई प्राथमिकता दिइएको उल्लेख छ । त्यस्तै, सामग्री खरिद र अनुदान वितरणमा कमिसनको खेले, सेवा प्रवाहमा सुशासनको अभाव, शिक्षा र स्वास्थ्यमा शुल्क लिने जस्ता कार्य संविधानको भावना विपरीत भएको आरोप छ । कर्मचारी र शिक्षकहरूलाई राजनीतिक आस्थाको आधारमा निस्काशन गरिएको तथा काम गर्नेलाई निरुत्साहित बनाउने वातावरण सिर्जना गरिएको गुनासो समेत गरिएको छ । अघिल्लो सरकारले सुरु गरेका उत्पादनमुखी, रोजगारीमूलक तथा जनमैत्री कार्यक्रमहरू बन्द गरिएको, महिला सहकारीहरूलाई सुदृढ गर्नुको साटो असहयोग गरिएको, निर्माणका कामहरू कम गुणस्तर भएको, खर्च र सेवा प्रवाह पारदर्शी नभएको जस्ता विषयमा तत्काल सुधारको माग गरिएको नेकपा एमाले मालिका गाउँपालिकाले जनाएको छ ।

यस सम्बन्धमा मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले उक्त सबै आरोपहरू सरासर निराधार र गलत भएको बताएका छन । उनले प्रदेश सरकारले निदृष्ट गरेको कानुनलाई टेकेर पालिकाले त्यसको पालना गरेको बताए । अघिल्लो सरकारले आफै दरबन्दी सृजना गरेर अनावश्यक रूपमा कर्मचारीहरू भर्ना गर्ने काम गरेको भन्दै त्यसलाई महालेखाले पनि पटक पटक बेरुजु निकालिरहेको अध्यक्ष अर्यालले बताए । “हामी स्थानीय सरकारमा भएकाहरूले प्रदेश सरकारको कानुन मान्दैनौ भन्नत भएन नी, उहाँहरूले लगाएका आरोपहरू गलत भन्दा पनि महा गलत छन,” अर्यालले भने । एमालेले भने उक्त विषयहरू तुरुन्त सुधार नभएमा पार्टिले चरणबद्ध रूपमा आफुहरू आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने अध्यक्ष गिरीले चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?