© २०२३
बुटवल, १ जेठ ।
कपिलवस्तुका एक युवक बुटवलबाट १० दिनदेखि बेपत्ता भएका छन् । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ४ निबासी २१ वर्षीय धर्मजित कुर्मी बुटवलको मोतिपुर पत्थरगन्जबाट यही वैशाख २१ गतेदेखि बेपत्ता भएका हुन् ।
सेतो चप्पल, कालो जिन्स पाइन्ट, हरियो टिसर्ट, कालो टोपी, प्लाष्टिकमा रातो सर्ट राखेका र घाँटीमा दुवा भएका ती युवालाई कसैले भेटाएमा मोवाइल नम्बर ९८२२२५३३८२, ९८११४१८८३९ र ९८०३७०८३८१ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् । परिवारले ती युवकलार्ई भेटाएर परिवारमा सम्पर्क गराइदिनेलाई १० हजार नगद पुरस्कार दिने घोषणा समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले ती युवकको खोजी भैरहेको तर हालसम्म फेला पर्न नसकेको जानकारी दिएको छ ।