भैरहवा, ३० बैशाख ।
राप्रपा रूपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता सहित ३ जना नेताहरूले पार्टी परित्याग गरेको घोषणा छन् ।
उपाध्यक्ष गुप्ता सहित रूपन्देही क्षेत्र नं ३ का क्षेत्रिय उपाध्यक्ष डाक्टर अमित चतुर्वेदी, गत निर्बाचनमा सिद्धार्थनगर उप प्रमुख उम्मेदवार तथा जिल्ला सल्लाहकार (राप्रपा म.स.) बिनिता गुप्ताले पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
तिनै जनाको हस्ताक्षरित राजिनामा पत्रमा राप्रपा रूपन्देहीको सक्रिय कार्यक्रताको रुपमा विभिन्न ओहदामा काम गर्दै आइरहेकोमा हामी आजका मिति देखी यश पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी गराएका छन् । आजका मिति सम्म हामीलाई सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता कार्यक्रतालाई हृदय देखी धन्यवाद ज्ञापन गर्दछौं राजिनामा पत्रमा लेखिएको छ ।
जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पार्टीमा युवा पंक्तिलाई नेतृत्वमा नलैजानु पुरानै शैलीबाट पार्टी चल्नु नै अहिलेको समस्या रहेको बताए । उनले समय अनुसार पार्टी नचलेका कारण पार्टी परित्याग गरेको बताए । पार्टीलाई धेरै योगदान गरेको तर पुरानै शैलीबाट पार्टी चल्नु समस्या रहेको बताए । अहिले कुनै पार्टी परित्याग नगरी स्वतन्त्र रहने उनको भनाइ छ ।
रूपन्देही क्षेत्र नं ३ का क्षेत्रिय उपाध्यक्ष डाक्टर अमित चतुर्वेदीले पुरानै नेताले नेतृत्व गरिरहने कार्यको बिरोध गर्दै पार्टीबाट राजिनामा दिएको बताए ।