© २०२३
बुटवल, बैशाख । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर एक जनाको निधन भएको छ । हिजो देखि बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ बर्षिय अभिषेक श्रेष्ठको शव भेटिएको तिनाउ गाँपालिका वडा नम्बर–३ का जनप्रतिनीधी टंकराथ बस्यालले जानकारी दिए ।
अर्का एक जना साथी सहित तीनाउमा नुहाउनको लागि गएका श्रेष्ठको शव आज फेला परेको हो भने उनका साथ अझै बेपत्ता छन् । पानीमा तैरीरहेको अवस्थामा कदमबासबाट शव फेला पारी आफन्तको जिम्मा लगाइएको जन प्रतिनिधी बस्यालले जानकारी दिए ।