© 2026
बुटवल, ३० वैशाख ।
अन्तराष्ट्रिय पत्रकार महासंघ प्रधान कार्यलय अमेरिकाको जापान शाखा गठन गरिएको छ। महासंघले प्रधान कार्यलय अमेरिकाबाट एक प्रेस विज्ञप्ती जारी गर्दै उत्तम प्रसाद गौडेलको अध्यक्षतामा सात सदस्य कार्यसमिति गठन गरिएको जनाएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गोकर्ण अधिकारी, महासचिवमा मुक्ती सुबेदी, सचिवमा नारायण रिमाल र कोषाघ्यक्षमा संगिता कुवर चयन गरिएको छ भने सदस्यमा लक्ष्मण पाठक र जगत बहादुर खड्का रहेका छन ।