© २०२३
बाँके, ३० बैशाख ।
घाँसियारन समुदायका मानिसहरू पुस्तौदेखि घाँस बिक्री गरेर दैनिक जिवन बिताउदै आइरहेका छन् । भदौ महिनामा सजिलै घाँस बिक्री गरेर राम्रोसँग गुजारा गरिरहेको घाँसियान समुदायका मानिसहरूले अहिले चैत्र महिना लगेसँगै दैनिक छाकका लागि जोहो गर्न परिरहेको छ ।
बर्खा सिजनमा पहिला दैनिक ४ देखि ५ सय रूपैँयाको घाँस बिक्री गरीरहेका उनीहरू अहिले २० देखि ५० रूपैयाको मात्र घाँस बिक्री गरेपछि दैनिक छाक मात्र गह्रो भएको छ । गतबर्ष नगरपालिका तथा अन्य संघ सस्थाले राहतका रूपमा केही चामल र अन्य खद्यान्न दिएको थियो र तर यो बर्ष नगरपालिका लगायत संघ सस्थाले पनि राहत नदिएपछि धौ धो भएको हो ।
बाँके जिल्लाको नेपालगन्ज उप महानगरपालिका वडा नं. ८ मा महेन्द्र पार्कको छेउमा घाँस बिक्री गर्नका लागि हरेक दिन साँझा घाँसको मेला लाग्ने गरेको हुन्छ । यिनीहरू पुस्तौ देखि घाँस काट्ने र बिक्री गर्ने भएकोले घाँसियारन नाम परेको आनुमान गर्न सकिन्छ । यस टोलका मानिसहरू पुस्तौ देखि घाँस बिक्री गरेरै जिवन बिताउदै आइरहेका छन् । उनीहरूले दिनभरी घाँस कट्ने र साँझा करिब ४ बजे देखिनै घाँसको मेला लगाएर बसेका हुन्छन् । उनीहरू दिनभरी नेपालगन्ज क्षेत्र र नेपालगञ्ज आसपासका जंगलबाट घाँस तथा रुखको पातहरू ल्याएका हुन्छ्न् । बिक्री गर्ने क्रममा उपभोक्ता र घाँसियारनबीच घाँसको मुल्यको बार्गेनिङ्ग हुन्छ र कुरा मिलेपछि किमन मेल भएको पुष्पा घाँसियारनले बताइन ।
बैशाख महिना लागे सँगै घाँसियारन समुदायका मानिसहरूलाई घाँस मिल्न गह्रो भएको हुन्छ । गर्मी महिनामा पानीको कमीले घाँस कम पाउने र मानिसहरूको बारीमा घाँस काट्न जाँदा गाली गलौचा समेत गरेका हुन्छन् । घाँस थोरै मिलेपनि घाँस बिक्री गरेर घाँसियारन समुदायका मानिसहरूले दैनिक घाँस बिक्री गरेर दैनिक छाक टार्दै आएका छन् ।
मानिसको घर छेउ छाउमा घाँस काट्ने क्रममा मानिसहरूले धेरै अपहेलना गरेको र प्रहरी बोलाउने समेत धम्की दिने गरेका हुन्छन । उनीहरूले घाँसको मेलामा कुनै दिन २० रूपैँयाको र कुनै दिन ५० रूपैँयको घाँस बिक्री गरेर मुस्किलले एक छाक खानाको जोहो गर्नसकेका छन् । संघ सस्थाले नभए पनि उप महानगरपालिकाले केही राहत दिए दैनिक जोहो गर्न सहज हुने घाँस बिक्री गर्न आएका संगिता घाँसियारनले बताईन ।
करिब एक दशकदेखि नै सोही मेलामा दैनिक रूपमा घाँस किनमेल गरिरहेको अब्दुलवाहिदले बताए । तर आफूले घाँस किनमेल गरेको बेला देखिनै घाँसियारन समुदायमा सुधार नआएको बताए । उनी आफ्नो बाख्राका लागि दैनिक ४० देखि ५० रूपैँयाको घाँस किनेर लगेको बताए ।
घाँसियारन समुदायका मानिसहरूलाई दैनिक छाक टार्न धौ धौ भएपनि उपमहानगरपालिकाले तिनीहरूका लागि पालिकाबाट कुनै चासो देखाएको छैन । उपमहानगरपालिकामा दलित पिछाड वर्गका मानिसहरूलाई उकास्नका लागि बजेट छुट्याएपनि घाँसियारन समुदायलाई लक्षित गरेर कुनै पहल गरेको देखिन्दैन । कोरोनाको बेला घाँसियारन समुदायका मानिसहरूलाई प्रति व्यक्ति मासिक ५ सय रूपैँया दिएको थियो तर कोरोना काहर सकिए सँगै त्यो पनि सकिएको छ ।
आर्थिक स्थिति कमजोर भएको कारणले घाँसियारन समुदायका बालबालि शिक्षामा पाहुच पुगेका छैनन् । घाँसियारन समुदायमा अहिलेसम्म कसैले पनि शिक्षा हासिल गरेको देखिन्दैन । आर्थिक स्थिति कमजोर भएका कारण युवाहरू बहिरा ज्यालादारी काम गर्न र महिलाहरू घाँस बिक्री गरेर दैनिक जिवन बिताउन बाध्य भएको देखिन्छ ।
घाँसियारन समुदायका बालबालिकाहरूलाई उपमहानगरले निशुल्क शिक्षा प्रदान गरे उनीहरूको बालबालिकाहरू अहिलेसम्म शिक्षामा अग्रसरता आइसक्थ्यो तर उपहमहानगरले तिनीहरूको नामको बजेट दुरूपायोग गर्दे घाँसियारन समुदायाका मानिहरूलाई झुक्याउदै आएको देखिन्छ । उपमहानगरले घाँसियारन समुदायका लागि मात्र कुनै किसिमको बजेट ल्याएको छैन । त्यति मात्र नभएर उपमहानगरले शिक्षा, स्वास्थ्य रोजगारी कुनैपनि प्राथमिकतामा राखेको देखिँदैन ।