© २०२३
बुटवल, २९ बैशाख । स्वस्थ्य क्षेत्रमा गुणस्तरिय सेवा दिदै आएको जिनोमिक डायग्नोस्टीक ल्याबोरेटोरी प्रालि सातौ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रयोगशालाको सेवालाई थप गुणस्तरीय र विश्वासिलो बनाउने गरि लाग्ने संचालकहरुले प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठले ‘गुणस्तरिय सेवा, हाम्रो प्रतिवद्घता’ नारा अनुसार नै प्रदेशमा पहिचान दिन सफल भएको दाबी गरे । नेपाल सरकार र प्रदेश सरकारको प्राथमिकतामा परेको नसर्ने रोग पहिचान र निवारणका लागि प्रयोगशालाबाट विभिन्न छुटसहितका प्याकेजहरु उपलब्ध दिदै आएको उनले बताए । नियमित परिक्षण गर्नुपर्ने विरामीहरुका लागि छुटसहितका सदस्यता कार्ड प्रदान गर्दै आएको उनले बताए । छोटो लोकप्रियताका लागि सस्तो भन्दा पनि गुणस्तरिय सेवामा जोड दिन आग्रह गरे । ‘गुणस्तरमा प्रतिस्प्रर्धा गर्न जरुरी छ ।’– उनले भने । सात वर्षको अवधिमा पाच लाख बिरामीहरुलाई सेवा दिएको उनले बताए । सातौ वर्ष प्रवेशको अवसरमा एक हप्ताभरि निशुल्क सुगर परिक्षण तथा अन्य परिक्षणमा ३० प्रतिशत छुट दिईने बताए । यसैगरि अपाङता प्रमाणपत्रको आधारमा निशुल्क सेवा दिने उनले बताए ।
कार्यक्रममा क्वालिटि कन्ट्रोल म्यानेजर सुमन सापकोटाले ६० प्रतिशत भन्दा बढि विशिष्ट परिक्षणहरु प्रदान गर्दै आएको प्रयोगशालामा हेमोग्लोबिन ईलेक्ट्रोफोरोसिस अटो ईम्यन डिसअर्डर र ईन्फर्टिलिटि टेष्ट जस्ता परिक्षण विधि यस वर्षदेखि थप गरिएको बताए । आगामी वर्ष मोलिकुलर परिक्षण पनि समावेश गर्ने योजना रहेको उनले बताए । बुटवलमा दक्ष जनशक्ति र गुणस्तरिय सेवा दिने सिमित प्रयोगशालाहरुमध्ये आफु भएको उनले बताए । मेशिन र मानविय त्रुटि रहेका छन । ६८ प्रतिशत मेशिनमा पुग्नभन्दा अघि त्रुटि हुने गरेको छ । सस्तोको नाममा मेशिन र रिएजेन्टको प्रयोग मुख्य त्रुटिको कारण भएको उनले बताए । मान्यता प्राप्त मेशिन र सेवाको मापन जरुरी छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण प्रसाद भण्डारीले स्वस्थ्यकर्मीहरुको लगानीमा गुणस्तरिय ल्याबको सेवा दिने उदेश्यका साथ स्थापना गरिएको बताए । नाफामुलक ब्यवसायसंगै गुणस्तर रिपोर्ट उपलब्ध गराउदै आएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले बिरामीको उपचारमा प्रयोगशालाको महत्व प्रकाश पर्दै केही प्रयोगशालाहरुको त्रुटिको घटनाहरु बेलाबेलामा सुनिदै आएको भन्दै यस विषयमा सरोकारवाला सचेत हुनुपर्ने सुझाव दिए ।
कार्यक्रमको आम्दा नेपालका पुर्व मेसु तथा स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बश्यालले प्रयोगशालाको सेवामा छोटोसमयमा तिब्र विकास भएको बताए । यहीको परिवर्तनका रुपमा प्रयोगशाला एक भएको भन्दै उपचारमा प्रयोगशाला रिर्पोट महत्वपूर्ण हुने बताए ।
संस्थाका सदस्य सचिव म्यानेजिङ डईरेक्टर रमेश पाण्डेले तुल्सिपुरमा एक शाखा सहित १२ जिल्लामा सेवा दिदै आएको बताए । हाल संस्थामा ३० बढी युवाहरुले रोजगार पाएका छन ।