© २०२३
बुटवल, २९ वैशाख । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रुपन्देहीले सोमबार नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा सिएमई कार्यक्रम गरेको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देही, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालको सहयोगमा भएको कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुले नसर्ने रोगबारे सचेतना मूलक प्रशिक्षण समेत गरेका थिए ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री लिला गिरीले कार्यक्रमको उद्घाटन गर्दै विभागका हरेका कार्यक्रम अनुकरणीय हुने बताए । कार्यक्रममा एमाले नेता तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले स्वास्थ्य सम्बन्धी सिएमई कार्यक्रम नियमित सबैलाई पालना गर्न सके लाभ हुने भन्दै यसबाट आफनो स्वास्थ्यबारे सचेत गराउने बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठले विभागबाट पछिल्लो दुई वर्षमा गरेको विभिन्न कार्यक्रमहरुको बारेमा प्रकाश पारे । निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतनाहरुबाट धेरै नागरिकले लाभ लिएको उनले बताए । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. अनिल श्रेष्ठ, हाडजोर्नी रोग विशेषज्ञ सम्राट पराजुली, स्त्रीरोग विशेषज्ञ डा. विष्णु गौतम लगायतले प्रशिक्षण दिएका थिए ।
मुटुरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले नसर्ने रोगमध्ये नेपालमा मुटु सम्बन्धी २० प्रतिशत समस्या देखिएको भन्दै समयमा नै सचेतना अप्नाउन सके ठुलो घटना नहुने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख सवित्रादेवी अर्याल, पूर्व उपप्रमुख गुमादेवी आचार्यले महत्वपूर्ण र जनताको मन जित्ने गरि विभागबाट काम भएको बताए ।
कार्यक्रममा सचिव केदार नेपालले जनशक्ति विदेश पलायन समस्या र समाधानका बारेमा आगामी दिनमा गोष्ठी गर्ने तयारी रहेको बताए ।