ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

गठबन्धन सरकार भ्रष्टाचार लुकाउन बनेको होः वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

दाङ, २९ घोराही ।
नेपाल समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हाल गठन भएको कांग्रेस–एमाले गठबन्धन सरकार आफ्ना भ्रष्टाचार लुकाउन बनेको आरोप लगाएका छन्। शनिबार दाङको घोराहीमा आयोजित लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले बालकोट र बुढानिलकण्ठ जोडिनुको एउटै कारण भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु प्रकरण रहेको दाबी गरे। उनले यो सरकार देश र जनताको हितका लागि नभई नेताहरू र कार्यकर्ताहरूको स्वार्थ पूर्तिका लागि बनेको बताए।

“भ्रष्टाचारका फाइल खोल्न होइन, बन्द गर्न कांग्रेस र एमाले एक भएका हुन्,” उनले भने।पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले पनि सरकारको आलोचना गर्दै सत्तामा रहेका नेता, कार्यकर्ता र कर्मचारीहरूको सम्पत्ति शुद्धीकरण गर्ने हिम्मत देखाउन सरकारलाई चुनौती दिए। उनले सोही प्रकृतिका मुद्दामा रवि लामिछानेलाई जेल पठाइने र सत्ता पक्षका व्यक्तिहरू सजिलै उम्किने प्रचलन गलत र प्रतिशोधपूर्ण रहेको टिप्पणी गरे ।

महासचिव घनश्याम भुसालले दुई तिहाइ बहुमत प्राप्त गरेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन र समावेशी पुनःसंरचनाको अवसर गुमाएको आरोप लगाए। “ओलीले संसद विघटन, दल विभाजनजस्ता कार्य गरेर देशलाई पछाडि धकेले,” भुसालले भने। पार्टीका उपमहासचिव मेटमणि चौधरीले समाजवादी पार्टी मात्र देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे। “कांग्रेसले प्रजातन्त्रको मुद्दा बोकेको हो, त्यो पूरा भइसकेको छ। अहिलेको गणतान्त्रिक अवस्थामा कांग्रेसको आवश्यकता छैन,” उनले भने ।

त्यस्तै उनले एमालेलाई नीति निर्माणको नाममा संस्थागत भ्रष्टाचारमा लिप्त रहेको र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप पनि लगाए।प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले समाजवादी पार्टी संविधानअनुसार जनता समक्ष आफ्ना कार्यक्रम लिएर जान सफल भएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादलाई महाधिवेशनबाट पारित गरी समृद्धिको यात्रामा अघि बढिरहेको बताए।कार्यक्रममा सहभागी बृस्पति अधिकारी, अब्दुल हुसेन खाँ लगायत नेताहरूले शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि समाजवादी पार्टी नै एक मात्र विकल्प भएको धारणा व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?