© २०२३
काठमाडौं, २८ बैशाख ।
क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै सुरवीर पण्डितले माफी मागेका छन् । केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरेपछि ब्यापक आलोचना भएको थियो । उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् । ‘कलाकार भएपछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उदेश्य अभिनय मात्रै गर्न थियो, अरू थिएन्,’ उनले माफी माग्दै भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ति गरेको अनुभति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ति हामीबाट हुन्न ।’