© २०२३
भैरहवा, २८ वैशाख ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सुधार्ने र लुम्बिनी प्रदेशलाई समृद्धितर्फ लैजाने युवाहरूको भविश्य निर्माणका लागि शिक्षकहरू मेरुदण्ड भएको बताएका छन् । रूपन्देही र नवलपरासी जिल्लाका विद्यालय व्यवस्थापन समिति शिक्षक र कर्मचारीहरूलाई प्रोत्साहन तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले शिक्षित नागरिकको उत्पादन केन्द्र विद्यालय भएको बताए । पुरानो ढर्राबाट चलेर हुंँदैन समय अनुसार अघि बढनुपर्छ । आज विद्यार्थीहरूलाई पढ्न आउनुहोस भनेर हात जोडेर विद्यालय ल्याउनु पर्ने बाध्यता छ । मन्त्री तिमिल्सिनाले भने ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलले विदेश पलायन रोक्नका लागि सबै लाग्नुपर्ने बताए । उनले अब विदेश पलायन रोक्न र पढ्नुका साथै कामपनि गर्नुपर्ने र यहीँ रोजगारी हुनुपर्ने बताए ।सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख हरि बहादुर बिष्टले कर्मको फल पाएको बताउंदै रूपन्देही र नवलपरासी जिल्लाले समग्र शिक्षाको नेतृत्व गरेको बताए । पुरस्कृत हुने कुरा ठूलो सफलता भएको बताए । मूल्यांकन निर्देशिका बमोजिम पालिकाले छनौट गरि पठाएपछि जम्मा ५३ जना शिक्षक कर्मचारीहरूलाई सम्मानित गरिएको थियो । हरपुर मावि नवलपरासी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धुब्र नारायण बानियाँले यस्ता प्रोत्साहनका कार्यक्रमले अझ काम प्रती उत्तरदायित्व हुने बताए ।
शान्ति नमुना माविका प्रअ कुल प्रसाद लामिछानेले कर्म गर फलको आसा नगर भने जस्तै काम गरेको गर्नै पर्ने कर्म गरेर सम्मानित हुंदा खुशी लागेको बताए । शिक्षा एनले असमानता विकृतिहरू समाधान गर्ने अपेक्षा गरेको बताउंदै उनले भने आधारभुत कार्यक्रम यो गर्छु भन्ने स्पस्ट हुनुपर्ने बताउंदै सिकाइलाई आधार मानेर प्रोत्साहन गर्नुपर्छ । कार्यक्रममा रूपन्देही जिल्ला र नवलपरासी जिल्लाभरका उत्कृष्ट प्रअ विद्यालय ब्यबस्थापन समिति अध्यक्ष र विद्यालयका कर्मचारीलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो । मूल्यांकन समिती सदस्य डिल्लीराज भट्टराई, शिक्षा तालिम केन्द्र प्रमुख दिवाकर भण्डारी, नेपाल शिक्षक महासंघ रूपन्देहीका सचिव चन्डि प्रसाद पान्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।