© २०२३
बुटवल, २७ बैशाख । नेपाल अर्थोपेडिक एशोसियसन लुम्बिनी च्याप्टरको दोस्रो अधिवेसनबाट वरिष्ठ अर्थोपेडिक डा. गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । शनिबार बुटवलमा भएको अधिवेसनबाट निवर्तमान अध्यक्ष डा. राजेन्द्र संजेल क्षेत्री, वरिष्ठ उपाध्यक्ष डा. कपिलमणि केसी, महासचिव डा. आलोक पाण्डे, सहसचिव डा. जयराज शर्मा, कोषाध्यक्ष डा. युधिष्ठिर खड्का, सहकोषाध्यक्ष डा. मनदिर खत्री तथा सदस्यहरुमा डा. योगेन्द्र अग्रहरी, डा. महेशराज घिमिरे, डा. राहुल श्रेष्ठ, डा. राजु जिसी, डा. उत्सव रेग्मी, डा धना कार्की, डा. विकास न्यौपाने सर्वसम्मत चयन भएका छन ।
यसैगरि साईन्टिफिक कमिटिमा संयोजक किशोरमान श्रेष्ठ तथा सदस्यहरुमा दिपेन्द्रसिह क्षेत्री, डा आलोक थैव, मदन ज्ञवाली तथा रिसर्च कमिटिको संयोजक डा.मनिष श्रेष्ठ तथा सदस्यहरुमा रमेश अर्याल, सन्जिव आचार्य मनोनित भएका छन । यसैगरि संघको प्रमुख सल्लाहकार डा कृष्ण प्रसाद खरेल, डा.किशोर खत्री, डा.शेखर पोखरेल, डा. सागर क्षेत्री मनोनित भएका छन ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा. गोपाल प्रसाद ज्ञवालीले संस्था स्थापनाको ईतिहासबारे प्रकाश पारे । बिसं.२०७८ सालमा यस क्षेत्रका हार्डजोर्नी रोग विशेषज्ञ चिकित्सकहरु भेला भएर संस्थागत रुपमा अघि बढेको उनले बताए । सिएमई सहितका विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । सन २०२३ मा अर्थो बोन गर्न सफल भएको उनले बताए । नया नेतृत्वसंगै संस्था र चिकित्सकको अपडेट गराउन सफल हुनेमा आशाबादी रहेको उनले बताए ।
एक कार्यक्रमको बिच नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेलले उद्घाटन गर्दै विशिष्टिकृत सेवालाई थप उचाईमा लग्ने गरि अघि बढेको बताए । चिकित्सकिय पेशा आफैमा सामाजिक भावका साथ गरिने उत्कृष्ट पेशा भएको भन्दै यसलाई थप मर्यादित र ब्यवस्थित गर्न विशिष्टिकृत विधाहरु उपयोगी हुने उनले बताए । सम्मान पाउनको लागि सम्मान दिन जरुरी रहेको भन्दै उनले चिकित्सकहरुप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्न चिकित्सकहरु लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले सरकारबाट एउटा निजामति कर्मचारी र चिकित्सकलाई हेर्ने ब्यवहार फरक रहेको दुखेसो गर्दै संवेदनशिल पेशालाई स्थापित गर्ने गरि लाग्न सुझाव दिए । चिकित्सा सेवा सामाजिक कार्य भएको भन्दै यसमा बिचार गर्न जरुरी रहेको उनले बताए । अर्थोपेडिक चिकित्सकहरुको ठुलो समुह एकजुट भएर विशिष्टकृत सेवा दिने गरि योजना बनाउन जरुरी रहेको उनले बताए ।
संघमा हाल रुपन्देहीसहित पाल्पा, भैरहवा, नवलपरासी, दाङका गरि ५९ जना अर्थोपेडिक सर्जनहरु आवद्ध रहेका छन ।