© २०२३
काठमाडौँ ।
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण आज शनिबार दिउँसो कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै देशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हुरीको समेत सम्भावना छ।
मौसम महाशाखाका अनुसार आज राति पनि देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।