Butwal Today

भारतको पक्षमा खुले जनार्दन शर्मा

२५ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २५ बैशाख ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्। भारतले `अपरेसन सिन्दुर´ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्।`भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर” सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,´ उनले भनेका छन्, `आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवाश्यक छ ।`

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?