ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

प्रकाशन तथा प्रसारण संघले ‘मिडिया बजेट, नीति र कार्यक्रम’ बारे अन्तरसंवाद गर्ने

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

बुटवल, २४ वैशाख ।

लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रका समसामयिक चुनौतीहरूबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यले प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले “मिडिया बजेट, मिडिया नीति तथा कार्यक्रम, र सञ्चार क्षेत्रको अवस्था” विषयमा एक दिवसीय अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ। कार्यक्रम यही बैशाख २८ गते, लुम्बिनी प्रदेश सरकारको सभाहल, राप्ती उपत्यका (देउखुरी) मा हुने तय गरिएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा क्रियाशील प्रिन्ट, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमहरूको साझा प्रतिनिधित्व गर्दै आएको संघले सञ्चार माध्यमहरूमाथि देखिएका नीतिगत अस्पष्टता, बजेट अभाव, प्रविधिमा पहुँचको असमानता र राज्य प्राथमिकताको न्यूनता जस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि सरकारसँग प्रत्यक्ष संवाद आवश्यक ठानेर कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

संघका अध्यक्ष नवराज कुँवरले पछिल्लो केही वर्षयता सञ्चार माध्यमहरू लोकतन्त्रको आधार स्तम्भका रूपमा कार्यरत भए पनि नीतिगत अन्यौल र आर्थिक अभावका कारण सञ्चार संस्थाहरू संकटमा परेको बताए । उनले भने, “मिडिया हाउसहरू जनचेतना अभिवृद्धि, नागरिक सशक्तिकरण, र सुशासनमा योगदान पु¥याइरहेका छन् । तर, राज्यबाट अपेक्षित नीति, कार्यक्रम र बजेटको अभाव हुँदा सञ्चारको प्रभावकारिता घट्दो छ । यही पृष्ठभूमिमा, हामीले प्रत्यक्ष संवादमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका हौं ।”

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथि रहने छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, साथै प्रदेश सरकारका प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरू, लुम्बिनी प्रदेश सञ्चार परिषद्का अध्यक्ष, विभिन्न सञ्चार संस्थाका सञ्चालक, सम्पादक, मिडिया विज्ञ, पत्रकार संगठनका प्रतिनिधिहरू लगायत करिब १०० जना सहभागी हुने अनुमान गरिएको छ ।

संघका महासचिव माधव नेपालका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य लुम्बिनी प्रदेश सरकार र सञ्चार क्षेत्रबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्नु, सञ्चार नीतिको समिक्षा र सुधारको आधार तयार गर्नु, तथा सरकार र सञ्चार माध्यमबीच सहकार्य र साझेदारीको प्रवद्र्धन गर्नु हो । उनले भने, “मिडिया नीति र बजेटको विषयलाई स्पष्ट र न्यायोचित बनाउने प्रयासमा हामी सरकारसँग सहकार्य गर्न तयार छौं । यस संवादले भविष्यमा प्रदेशस्तरको सञ्चार नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।”

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले हालै गठन गरिएको आफ्नो दुईवर्षे कार्ययोजनाको एक भागस्वरूप यो संवाद कार्यक्रम आयोजना गरेको हो । संघले प्रदेशस्तरका मिडियालाई व्यवस्थित बनाउने, प्रदेश सरकारसँग समन्वयमा नीति निर्माण र बजेट सुनिश्चितता हासिल गर्ने, तथा मिडियामा व्यावसायिकता र मर्यादा कायम राख्ने दिशामा विभिन्न कार्यक्रमहरू अघि सारेको छ ।

संवाद कार्यक्रमले सञ्चार क्षेत्रप्रति प्रदेश सरकारको प्रतिबद्धता, सरोकार, र गम्भीर ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । साथै कार्यक्रमपछि निस्कने सुझाव र सिफारिसहरूलाई संघले दस्तावेजीकरण गरेर नीति निर्माण तहमा पठाउने तयारी समेत गरिएको महासचिव नेपालले जानकारी दिए ।

संघका अनुसार संवाद कार्यक्रममा सञ्चार क्षेत्रका उपलब्धि, चुनौती, राज्यको दायित्व र सहकार्यका सम्भावनाहरूबारे गम्भीर छलफल गरिनेछ । संवादका क्रममा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीहरूले सुझाव राख्ने समय समेत दिइनेछ ।

प्रदेश सरकारसँगको यो प्रत्यक्ष संवाद सञ्चार नीतिलाई व्यवहारिक, समावेशी र विकासोन्मुख बनाउन सहयोगी हुने विश्वास प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?