ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

प्रदेश नीति कार्यक्रममा समेट्न वन प्राविधिक संघद्वारा सुझावपत्र पेश

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

बुटवल, २४ वैशाख । वन क्षेत्रलाई प्रतिस्प्रर्धी दिगो उत्पादनशील र समुदायप्रति अपनत्व हुने गरि लुम्बिनी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्न नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेश कार्यसमितिले आठ बुदे सुझाव पेश गरेको छ । नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेश कार्यसमितिले आठ बुदे सुझाव प्रदेश वन मन्त्रालयमा मंगलबार बुझाएको हो ।

संघका प्रदेश अध्यक्ष केशर खड्काले वन क्षेत्रलाई प्रतिष्प्रर्धी, दिगो उत्पादनशील बनाउने, समुदायलाई वनप्रती अपनत्व हुने र लाभग्राही बन्न पाउने बुदाहरु समावेश गरिएको बताए । सुझाव पत्रमा स्थानिय वन समुहहरुलाई वन संरक्षण र व्यवस्थापनमा थप जिम्मेवार बनाउन वार्षिक कारोबार रु. ५० लाखभन्दा बढी भएका सामुदायिक वन समूहहरूले अनिवार्य रूपमा एकल वा कलष्टरमा एक वन प्राविधिक नियुक्त गर्नुपर्ने, भूसंरक्षण र जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि जलाधार केन्द्रित बजेट प्रणाली लागू गरि ठूला भूसंरक्षण आयोजना अगाडि बढाउने तथा शहरी जलाधार क्षेत्रको व्यवस्थापनका लागि जोड दिने निति अवलम्बन गर्नुपर्ने कुरा उल्लेख छ। मध्य पहाडी क्षेत्रमा बसाइसराइ लगायतका कारणले बाझा भएका खेत बारीमा स्थानीय सरकारसँग साझेदारीमा नमूना कृषि–वन कार्यक्रम सञ्चालन कार्यक्रम लागू गर्ने, शून्य वन क्षेत्र भएका स्थानीय तहहरूमा निजी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रमा वृहत् हरियाली कार्यक्रम सुरु गरिने र वन शुन्य स्थानीय तहमा ३ लाख बहुबर्षिय बिरुवा रोपणको लक्ष्यका साथ काम अगाडि बढाइने कुरा लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने वन प्राविधिक सघको सुझावपत्रमा उल्लेख छ ।

प्रदेशमा मानव वन्यजन्तु द्वन्द बढिरहेको अवस्थामा वन्यजन्तुबाट मृत्यु भएकाहरूका परिवारका एक सदस्यलाई हरित संवाहकको रूपमा नियुक्त गरि बर्षभर मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनमा काममा लगाउने गरि कार्यक्रम तर्जुमा, लुम्बिनी प्रदेशमा उत्पादित काठको ब्रान्डिङ् र प्रयोगका लागि आवश्यक कानूनी व्यवस्था, काठको बिदेश निर्यातको लागि संघ सरकारसँग पहल गर्नुपर्ने संघले सुझाब दिएको छ ।

प्रदेशमा कार्यान्वयनमा रहेको वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन प्रणालीको कार्यान्वयन, वातावरणीय सेवा तथा जलवायु परिवर्तन अनुकुलन तथा न्यूनिकरण,जलाधार व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान कार्यलाइ प्राथामिकता दिइ प्राकृतिक श्रोत व्यवस्थापन कार्यमा प्रबिधिको प्रयोगलाइ अबलम्बन गर्ने र वनक्षेत्रका सवाल र समस्याहरुको बहस एवं उठान तथा वन प्राबिधकहरुको क्षमता अभिबृद्धिका लागि वन व्यवस्थापन लुम्बिनी बहस कार्यक्रमको शुरुवात गरिने गरिने कुरा नीति तथा कार्यक्रममा राख्न संघले वन तथा वातावरण मन्त्रालय मार्फत लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिएको छ ।

वन प्राविधिक संघले वन प्रशासन र व्यवस्थापनमा संलग्न कर्मचारीको हकहितको लागि मात्र नभएर समग्र प्रदेशको वन व्यवस्थापनमा प्रदेश सरकार र समुदायसंग हातेमालो गर्नुपर्ने दायित्व भएकोले प्रदेशको वनको दिगो व्यवस्थापन, प्रकृति संरक्षण, भू–संरक्षण र वन उपभोक्ताको चासोको सम्बोधन गर्न प्रदेश सरकारलाई सघाउनको लागि सरकारलाई सुझावपत्र बुझाएको अध्यक्ष खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?