© २०२३
गोरखपुर, २३ बैशाख ।
गोरखपुर स्थित आनन्दलोक अस्पतालमा सुनौली (नेपाल बोर्डर) भारत निवासी दुई महिनाको शिशुको उक्त अस्पतालका गोल्ड मेडलिष्ट सर्जन डा. आनन्द कुमार अग्रवालको टिमले विश्वकै नविनतम प्रबिधिद्वारा शिशुकोे इमरजेन्सी अप्रेशन सफलता पूर्वक गरेका छन् । चिकित्साशास्त्रमा निकै दुर्लभ मानिने ‘फेटस इन फेटु’ नामक अवस्थाको सफल शल्यक्रिया आनन्दलोक अस्पतालमा गरिएको छ ।
डा. आनन्द अग्रवालका अनुसार दुई महिनाको शिशुको पेटमा अर्को भुर्ण फसेको अवस्थामा भेटिएपछि त्यसको सफल शल्यक्रिया गरिएको हो । चिकित्सकहरूका अनुसार, ‘फेटस इन फेटु’ एक अत्यन्तै दुर्लभ जन्मजात अवस्था हो, जुन लाखौंमा एकपटक मात्र देखिन्छ । यस अवस्थामा एउटै आमाको गर्भमा रहेका जुम्ल्याहा भ्रूण मध्ये एक भ्रूणले अर्काे भ्रूणलाई सोस्ने अर्थात् आफ्नो शरीरभित्र विकास हुन दिनेगर्छ ।
सरल भाषामा भन्नुपर्दा, यो त्यस्तो अवस्था हो जहाँ एउटा भ्रूणले अर्काे भ्रूणलाई आफ्नो शरीरमा समावेश गर्छ, डा. अग्रवालले बताए । ‘शल्यक्रिया सफल भएपछि शिशुको अवस्था सामान्य रहेको र शिशुलाई निगरानीमा राखिएको चिकित्सकहरूको भनाइ छ ।