© २०२३
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा भएको लामो ढिलाइप्रति सरकारको कडा आलोचना गरेका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर संकेत गर्दै “महिना दिनसम्म पनि गभर्नर नियुक्त गर्न नसक्ने सरकार” प्रति प्रश्न उठाए।
“महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन,” प्रचण्डले कटाक्ष गर्दै भने, “दुई तिहाइको अहंकार अब त मैले हेर्दा बेलुन जस्तै फुटिसकेको देखिन्छ।”
उनले सरकारी निर्णय प्रक्रियामा व्यक्तिगत स्वार्थ र सिण्डिकेटको प्रभाव बढेको आरोप लगाउँदै, जनताले सहज सेवा पाउने आशा बिनास भएको बताए। “हरेक नियुक्ति र निर्णयमा स्वार्थसमूह हाबी छन्,” उनले थपे, “नागरिक सेवामा सहज पहुँच नभएको यथार्थ सरकारबाट लुकाउन सकिन्न।”