Butwal Today

फरार सांसद गीता बस्नेतबारे एमाले सांसदको प्रश्न: उहाँ कहाँ हुनुहुन्छ?

२२ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं , २२ वैशाख।

 प्रतिनिधिसभामा सोमबार एक गम्भीर प्रश्न उठ्यो । छिपछिपे सहकारी प्रकरणमा फरार रहँदै आएकी सांसद गीता बस्नेत अहिले कहाँ छन्?सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद सुर्य थापाले राप्रपाकी सांसद बस्नेतको खोजीमा सहयोग गर्न आफ्नै दल राप्रपालाई आग्रह गरेका छन्। “छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद कहाँ हुनुहुन्छ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्,” थापाले प्रतिनिधिसभामा भने।

गीता बस्नेत एक वर्षदेखि फरार रहँदै आएकी छन्। उनीविरुद्ध नवलपुरको छिपछिपे सहकारीमा करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ। पक्राउ पुर्जी जारी भएपनि उनी सार्वजनिक रूपमा देखिएकी छैनन्।

प्रहरी अनुसन्धानअनुसार, छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ हिनामिना गरिएको छ। सो अनुसन्धानकै क्रममा बस्नेत सञ्चालक रहेको बर्दियाको कृष्णसार रिसोर्टमा ९६ लाख रुपैयाँ लगानी भएको खुलासा भएको थियो। यस्तै, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमार्फत कुल ९ करोडभन्दा बढी रकम रिसोर्टमा लगानी गरिएको पनि पत्ता लागेको छ।

यति गम्भीर आरोप र फरारी अवस्थाका बाबजुद पनि सांसद बस्नेतले १ वर्षभित्र १० लाख रुपैयाँभन्दा बढी तलब–भत्ता बुझेको तथ्य बाहिर आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?