ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

धेरैजसो पालिकामा दमकल अभाव, छैन खरीदको योजना पनि

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

बुटवल, २१ वैशाख ।

स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष पूरा भइसक्दासमेत रुपन्देहीका कतिपय स्थानीय तह अझैसम्म पनि दमकलविहीन छन् । तराईका जिल्लामा गर्मीको समयमा धेरै आगलागीका घटना हुने गर्छन् तर पनि आगलागी नियन्त्रणका लागि अति आवश्यक भएको दमकल कतिपय स्थानीय तहले खरिद गर्न सकेका छैनन् ।

केही दिनदेखी जताततै आगलागीका घटना भइरहे पनि रुपन्देहीका १६ पालिका मध्ये सियारी, मायादेवी, रोहिणी लगायतका पालिकासँग दमकल नै छैन । आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किरहेको हुन्छ । रुपन्देही जिल्लामा वर्सेनि आगलागीका सयौ घटना हुने गरेका छन् । सियारी गाउँपालिका मायादेवी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाले संयुक्त रुपमा एउटा मात्र दमकल सञ्चालनमा ल्याएका छन् । १५ हजार भन्दा बढी घरधुरी रहेको पालिकामा एउटा मात्र दमकल रहेको हुँदा समस्या रहेको दमकल शाखाका इन्चार्ज कुलबहादुर थापाले बताए । पाँच वर्षअघि चारवटा दमकल सञ्चालनमा रहेको सिद्धार्थनगर नगरपालिकामा अहिले एउटा मात्र सञ्चालनमा हुँदा समस्या रहेको हो । आसपासका पालिकामा दमकल नहुँदा कहिलेकाही भ्याईनभ्याई हुन्छ । सिद्धार्थनगर नगरपालिकामा एउटा दमकलका लागि १३ जना कर्मचारी रहेका छन् । अन्य पालिकामा दमकल नहुँदा आसपासका जिल्ला जानुपर्ने समस्या रहेको छ ।

रुपन्देहीको रोहणी गाउँपालिका वडा न ४ मा गहुँबालीमा आगो लाग्यो, वर्ष दिन खाने खेतीमा एक्कासी आगो दन्किन थाल्यो । पछि त्यहाँका स्थानीय महेन्द्र यादव हारगुहार गर्न थाले । रोहिणी गाउँपालिकामा दमकल नहुँदा सिद्धार्थनगर नगरपालिकाबाट दमकल पुग्न ढिला भएपछि लाखौको सम्पत्ति नोक्सान भएको यादव बताउँछन् । यादवका अनुसार एउटा गहुँको झारीमा आगो दन्किएपछि दमकल आउन ढिला हुँदा अन्य घर परिवारको गहँुको झारीमा समेत फैलियो ।

सोही वडावासी अर्जुन हरिजनको पनि काटेर थुपारेको गहुँवालीमा आगो लग्यो । दुःख गरेर स्याहार सुसार गरेको अन्नवालीमा यसरी आगलागीले नोक्सान पु¥याउँदा अब छोराछोरीको पालनपोषण कसरी गर्न भन्ने चिन्ताले पिरोलिएका छन् । अलि छिटो सेवा लिन सकेको भए पनि छिमेकीको गहँुवाली त बचाउन सकिने उनको भनाइ रहेको छ । यस्तै यादव र हरिजन जस्ता दर्जनौको लाखौको क्षति भएको छ ।

हावाहुरीको मौसम सुरु भएपछि आगलागीका घटना बढ्छन् । स्थानीय तहमा दमकल कम हुँदा समयमै आगो नियन्त्रण गर्न नसक्दा थप क्षति हुने समस्या छ । जिल्लामा वर्सेनि आगलागीबाट करोडौ मूल्य बराबरको धनमाल समेत नष्ट हुने गरेको छ । मानवीय क्षति पनि हुने गरेको छ ।

सिद्धार्थनगरपालिकामा आगलागीबाट २०८१ साउनदेखि चैत १३ सम्म १० करोड ८३ लाख २८ हजारको नोक्सान आगलागीबाट भएको थियो । २७ लाख नगरपालिकाहरुमा नोक्सानी भएको थियो भने १० करोड ५६ लाख २८ हजार गाउँपालिकामा भएको सिद्धार्थ नगरपालीकाले जनाएको छ ।

पालिकामा आगलागीका ३० वटा घटना भएका थिए । नगरपालिकाभित्र–१७ वटा गाउँपालिकामा १३ वटा भएको पालिकाको दमकल शाखाको चालक जोगेन्द्र यादवले बताए । ३ हजार पाँच सय लिटर क्षमताका आधारमा आगलागी नियन्त्रण गर्न दमकल दौडाउनु पर्छ । कहिलेकाही दुई तीन ठाउँबाट एकैपटक दमकल बोलाउने गर्छन् । त्यो बेला ठूलो समस्या हुने गरेको उनले बताए । चालु अवस्थामा रहेको दमकलमा पानी सकिन्छ । नजिकै कुवा नहँुदा वा पानी भर्न नपाउँदा समस्या रहेको उनको भनाइ छ ।

उनका अनुसार प्राकृतिक विपत्ती र महामारी कहाँ कुन समयमा आउँछ पत्तो हुँदैन । “भुकम्प, बाढी पहिरो आगलागी महामारीजन्य रोगको प्रकोप बाजा बजाएर आउँदैन, यस्ता विपत्तिबाट बचाउन जनचेतना जगाउने र केही भइ हालेमा क्षति न्यनीकरण गर्न र उद्दार गर्न कार्य महत्वपूण रहेको हुर्दा हामी २४ सै घण्टा तयारी अवस्थामा रहेका हुन्छौ”–उनले भने ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले एउटा मात्र दमकल सञ्चालनमा भए पनि २४ सै घण्टा परिचालनका लागि दमकललाई तयारी अवस्थामा राखिएको बताइन् । अन्य पालिकामा दमकल नहुँदा यही प्रयोग गर्नुपर्ने हुँदा समस्या रहेको देखिएको हो । तर सियारी गाउँपालिका, मायादेवी गाउँपालिकामा दमकल छैन ।सिद्धार्थनगरकी उपप्रमुख अधिकारीले यही दमकलको सहायता लिंदै आएको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकामा कुनै आगलागीको घटना भयो भने क्षति हुन नदिने बताउँदै आगलागी हुन नदिन सबैभन्दा बढी समुदाय स्तरमा सचेतना फैलाउने र युवाहरुलार्ई र सुरक्षाकर्र्मीलाई तालिम दिने कार्यक्रम गदै आएको बताइन् ।

आगलागीका घटना न्यूनीकरण गर्न स्थानीय सरकारले आवश्यक योजना बनाउनुपर्ने देखिएको छ । सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद गर्ने, अग्नी नियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ । गाउँ सहरका गल्ली गल्लीहरुमा डोजर चलाएर बाटो बनाउन जनप्रतिनिधि तँछाडमछाड गर्छन् । त्यसैगरी आफ्नो पालिकामा विपतको लागि आवश्यक पर्ने दमकल खरिद गर्न ध्यानै नदिएको नागरिकको गुनासो छ ।

बाटो सानो भए पनि समस्या, बस्ती हटाए पनि समस्या, दमकल,नै नभए पनि समस्या रहेको सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । उनले भने – “स्थानीय तहमा भरपदो दमकल सेवा हुनु पर्न बताउदै उनले पालीकामा अग्नी जोखिम भवन संरचनाको सख्या उचाई र जनसंख्या आदिको मूल्याङ्कन सम्भावित विपतलाई समयमा नै प्रतिकार्य गर्न सक्ने गरी दमकलको व्यवस्थापन गर्नुपर्ने बताए । जसले गर्दा आपतकालिन घटना घट्दा नजिकको दमकललाई परिचालन गर्न सकिन्छ । यसरी आगलागीको घटनामा नै दमकलको प्रतिकार्य गर्दा क्षती कम हुन्छ नागरीकलाई दमकलको सेवा प्रति सकारात्मक धारणको विकास गनुपर्ने ज्ञवालीले बताए ।

सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले आगलागीका घटना नियन्त्रणका लागि पालिकाहरुले दमकलको व्यवस्थापन गर्नैपर्ने बताउँछन् । दमकल पुग्न सक्ने गरी सडक फराकिला बनाउनुपर्ने र विकासमा त्यही अनुसारको योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यस बाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?