ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

बुटवलका पर्यटकीय सम्पदाको प्रबद्र्धनमा जुटौं

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

नजिकको तिर्थ हेला भने झैँ हामी बुटवलवासीले बुटवल र आसपास क्षेत्रमा रहेका महत्वपूर्ण पर्यटकीय सम्पदाहरूको महिमा फैलाउन र यिनको समुचित प्रबद्र्धन गर्न उचित ध्यान दिएका छैनौं । बुटवल र आसपास क्षेत्रमा निकै महत्वपूर्ण र अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय सम्पदाहरू रहेका छन् । हामीले बारम्बार यस विषयमा सम्बन्धित सरकारी र गैरसरकारी निकाय एवं सङ्घ संस्थाहरूको ध्यानाकर्षण लेख रचना मार्फत गराउँदै आएका छौं । बुटवल र आसपास क्षेत्रका पर्यटकीय महत्वका सम्पदाहरूको विषयमा यस बुटवल टुडे दैनिकका विभिन्न अङ्कमा चर्चा परिचर्चा गरिसकेका छौं । आज बुटवल उपमहानगरपालिका र बुटवल टुडे दैनिकको सहकार्यमा आयोजित बुटवलमा पर्यटनका आधार र सम्भावना विषयक विचार गोष्ठीका अवसरमा पनि दोहो¥याएर चर्चा गर्नु सान्दर्भिक ठानेका छौं ।

बुद्धवल्ली अर्थात बुटवल क्षेत्रको आर्थिक विकासमा सबैभन्दा बढी पर्यटन क्षेत्र माध्यम हुन सक्छ । सिङ्गो रूपन्देही जिल्ला र बुटवल क्षेत्रको समेत आर्थिक विकासको आधार पर्यटन क्षेत्र नै हो । यसमा हामी द्विविधा हुनुहँुदैन अलमलिनु हुँदैन । शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिय महत्वको सम्पदा हो । यसपछि बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित जितगढी र बुटवल समिपको पाल्पा दोभान क्षेत्रस्थित आदिमानव रामपिथेकसको एक करोड दश लाख वर्ष पुरानो बङ्गारा भेटिएको स्थल अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय सम्पदा हुन् । बुटवलवासीले मुख्य रूपले जितगढी र रामपिथेकस क्षेत्रको पर्यटकीय विकास र प्रबर्धनमा जोड दिनुपर्छ । किनकि यि दुई सम्पदाको पर्यटकीय विकास र प्रबद्र्धन गर्न सकियो भने अन्तर्राष्ट्रिय जगतबाट पनि पर्यटक आकर्षित गर्न सकिन्छ ।

बुटवल र आसपास क्षेत्रको पर्यटकीय सम्पदाको प्रबद्र्धनबाट हामीले प्रसस्त विदेशी मुद्रा आर्जन गर्न सक्छौं । विश्व शान्तीको मुहान शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी निकटको शहर बुटवलको आर्थिक र सामाजिक विकासको भविष्य पर्यटन उद्योग मै छ । लुम्बिनी आउने विदेशी पर्यटकलाई बुटवल क्षेत्रको भ्रमणमा आउने वातावरण हामीले निर्माण गर्न जरुरी छ । लुम्बिनी पर्यटन चक्रमा बुटवललाई पनि समावेश गरिनुपर्छ । लुम्बिनी भ्रमणमा आउने पर्यटक पोखरा र चितवनको अवलोकन भ्रमणमा समेत पुग्ने गर्दछन् । स्थलमार्ग प्रयोग गर्दा उनीहरू हिंड्ने मार्ग मै बुटवल रहेकाले लुम्बिनी पर्यटन चक्रमा बुटवललाई समावेश गर्न सहज छ । पछिल्लो समयमा सडक स्तरोन्नती भई ६ लेनको बनाइएकाले लुम्बिनीबाट बुटवल आउन पनि सजिलो भएको छ ।

अब बुटवलदेखि चितवनको नारायणघाटसम्मको सडक पनि स्तरोन्ती कार्य सम्पन्न हुने चरणमा छ । आगामी २०८२/८३ को बजेटमा भैरहवाको बेलहीयादेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग पनि स्तरोन्नती गर्ने कार्य योजनामा समेटिदैछ । त्यसैले अब यो क्षेत्रमा पर्यटक आगमनको लागि सजिलो वातावरण बन्दैछ । बुटवल उद्योग बाणिज्य सङ्घले वि.सं. २०६० को दशकदेखि बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने अवधारणा अघि बढाई पैरवी गर्दै आइरहेकोछ । यो कार्यक्रम उपयुक्त छ । उचित छ । बुटवल राम्रो पर्यटकीय केन्द्र बन्न सक्छ । यसको गौरवगाथा गाउने राम्रा पर्यटक पथ प्रदर्शक तयार गरी बुटवल र आसपास क्षेत्रका महिमाशाली पर्यटकीय स्थलहरूको प्रचार प्रसार र प्रबद्र्धन गर्न हामी अब सक्रिय भई अघि बढ्नुपर्छ । बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बाणिज्य सङ्घ, रूपन्देही उद्योग सङ्घ, लुम्बिनी प्रदेश सरकार, तिनाउ गाउँपालिका लगायतका सरकारी र गैर सरकारी निकायहरूको सहकार्यमा बुटवल र आसपास क्षेत्रका मुख्य पर्यटकीय स्थलहरूको प्रबद्र्धन गर्न एकजुट हुनुपर्ने अत्यावश्यक भएको छ । अब संक्षेपमा बुटवल र आसपास क्षेत्रका मुख्य पर्यटकीय सम्पदाहरूको चर्चा गरौं ।

१. आदिमानव रामपिथेकसको विचरण स्थल:  बुटवल नगरको सिमावर्ती क्षेत्र पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित क्षेत्रलाई पर्यटकीय भ्रमणको आकर्षक गन्तव्य बनाउन सकिन्छ । १ करोड १० लाख वर्ष पुरानो आदिमानव रामपिथेकसको बङ्गारा भेटिएको स्थल हो यो । यसलाई अन्तर्राष्ट्रिय जगतले समेत मान्यता दिएको छ । मानव पुर्खाको विचरण स्थल र मानव सभ्यताको विकास क्षेत्रको रूपमा यसलाई विकास र प्रबद्र्धन गर्न सकिन्छ । यसको पर्यटकीय विकास र प्रबद्र्धनको लागि गैरसरकारी क्षेत्रबाट केही काम भएका छन् । बुटवल तर्फको सिद्धबाबा मन्दिरले रामपिथेकस उद्यान निर्माण गरेको छ, दोभान निकटको तिनाउ नदी किनारमा । त्यस्तै दोभान क्षेत्रमा पनि दोभानवासीले रामपिथेकसको मुर्ति स्थापना गरी वाटिका निर्माण गरेका छन् । बुटवल उपमहानगरपालिकाले पनि कार्यालय परिसरमा रामपिथेकसको मुर्ति स्थापना गरेको छ । यसरी छिटफुट काम अघि बढेका छन् । अब यसलाई थप तिब्र गतिमा रामपिथेकसको विचरण स्थलको रूपमा बुटवल–दोभान क्षेत्रलाई विकास र प्रबद्र्धन गर्न हामी अग्रसर हुन जरुरी भएको छ । भविष्यमा यदी हामीले राम्रो पर्यटकीय पूर्वाधार निर्माण र संरक्षण एवं प्रबद्र्धन गर्न सक्यौं भने प्रशस्त विदेशी पर्यटक आकर्षित हुनेछन्, रामपिथेकस क्षेत्रमा ।

२. जितगढी : बुटवलस्थित अर्को महत्वपूर्ण पर्यटकीय सम्पदा हो– जितगढी । वि.सं. १८७१/७२ मा नेपाल अङ्ग्रेज विच भएको घमासान युद्धमा नेपालले विजय प्राप्त गरेको सामरिक, ऐतिहासिक र पुरातात्वीक सम्पदा हो यो । पछिल्लो दशकमा यसको पर्यटकीय विकास र प्रबद्र्धन गर्ने काम सुस्त गतीमा अघि बढेको छ । खासमा यसको संरक्षण र विकासको काम वि.सं. २०५० को दशकपछि मात्र शुरुवात भएको हो । यसअघि यो सम्पदा संरक्षणविहीन अवस्थामा थियो । अतिक्रमणको चपेटामा थियो । गढी वरिपरी बस्ती बसिसकेको अवस्था थियो । बुटवल नगरपालिका र पुरातत्व विभागको सहकार्यमा यसको उत्खनन र संरक्षणको काम पचासको दशकबाट शुरुवात भएको हो । बुटवल नगरपालिकाले उत्खननपछि यस गढीका नायक कर्णेल उजिरसिंह थापाको अद्र्धकदको शालिक बनाउने, गढी अतिक्रमण गरी बसेका घर परिवारलाई अन्त स्थानान्तरण गर्ने, गढीको श्रृङ्गार गर्ने आदी काम ५० को दशकमा गरेपछि बल्ल यसको महिमा सर्वसाधारण माझ फैलिन थालेको हो । नगरपालिकाले यति काम सम्पन्न गरे पनि गढीको संरक्षण र पर्बद्धन सम्बन्धी काम नियमित रूपले अघि बढेको थिएन, छैन ।

२०७० साल सम्म यो लागू पदार्थका दुव्र्यसनी र उच्श्रृङ्खल एवं अश्लिल काम रुचाउने व्यक्तिहरूको अखडा थियो, यो ठाउँ । यसको पर्यटकीय प्रबद्र्धनमा हामी बुटवलवासी र सिङ्गो राष्ट्र नै जुट्न जरुरी भएको छ । यदी यसको समुचित् संरक्षण र प्रबद्र्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रको आधार स्तम्भ बन्न सक्छ यो सम्पदा । यसकालागी जितगढीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्छ र यस गढीका नायक एवं समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ भन्ने कुरा म बारम्बार दोहो¥याएर भन्न चाहन्छु । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । यसको श्रृङ्गार गर्ने, संरक्षण गर्ने र पर्यटकीय प्रबद्र्धन गर्ने कामको शुरुवात मात्र भएको छ । धेरै काम बाँकी छन् । सिँगार्ने क्रममा यसको मौलिकता र प्राकृतिक स्वरूप खलबलिन दिनुहँुदैन । यससँग सम्बन्धित रही बुटवल उपमहानगरपालिकाले निर्माण गराएको युद्ध सङ्ग्रहालय सञ्चालन हुन सकेको छैन । अव यहाँ सुरुङ्ग मार्ग छ भन्ने जनश्रुति अनुसार यसको अनुसन्धान र उत्खनन गर्ने काम अघि बढाउन जरुरी भएको छ । जनश्रुतिका साथै जितगढीको इतिहास सम्बन्धी पुस्तक र लेखहरूमा समेत यहाँ छोटो दुरीको सुरुङ्ग मार्ग रहेको चर्चा गरिएको पाइन्छ । नुवाकोट गढीमा कमाण्ड सम्हालेर बसेका नेपाली सेनाको नेतृत्व गरेका उजिरसिंह थापा बुटवलस्थित राजदरबार हुँदै सुरुङ्गमार्गबाट जितगढीमा ओर्लेर अङ्ग्रेज विरुद्ध लडेको भन्ने जनश्रुति छ । उक्त सुरुङ्गमार्गको मुखको प्वाल देखेका हौ भन्ने बुढापाकाहरूले सुनाएको चर्चा गर्ने पाकापुस्ता व्यक्तिहरू अझैपनि बटौलीमा भेटिन्छन । अब यो गढीको महिमा र महत्व विश्वभरी फैलाउने, श्रृङ्गारका काम गराउने, जितगढी युद्ध सङ्ग्रहालय चलाउने, सुरुङ्ग मार्गको उत्खनन गराउने, जितगढीको थप खोज अनुसन्धान गराउने आदी काम बुटवल उपमहानगरपालिकाले तत्तकाल गराउन जरुरी भएको छ ।
मुख्य यी दुई सम्पदाको अतिरिक्त पुरानो बटौली बजार, बटौलीको १ सय १० वर्ष पुरानो कृष्ण जात्रा र पुराना मठ मन्दिरहरू, पद्मचैत्य विहार, ५ सय वर्ष बढी पुरानो मणिमुकुन्द सेन उद्यान, तिलोत्तमा नदी, नुवाकोट गढी, राजर्षि भर्तृहरी लगायतका सिद्ध पुरुषहरूको साधनास्थल दोभानको कुहिरे भिरको गुफा, काठे गढी, नुवाकोट गढी, बसन्तपुर डाँडा, जोगिकुटी मन्दिर, सिद्धबाबा धाम, सहश्रधारा, मुक्तिनाथ धाम, मणिमुकुन्द सेन उद्यान स्थित स्वामिनारायण मन्दिर आदि समेत बुटवल र आसपास क्षेत्रका महत्वपूर्ण पर्यटकीय सम्पदा हुन् ।

यसरी बुटवल र आसपास क्षेत्रको विकासको आधार स्तम्भ हो, पर्यटन । त्यसैले अब रूपन्देहीको बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकाले सहकार्य गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास र प्रबद्र्धन गर्ने नीति तथा कार्यक्रम बनाउनु जरुरी भएको छ । यसमा उद्योग बाणिज्य सम्बन्धी सङ्घ संस्थाहरूले पनि सहकार्य गर्नुपर्छ । बुटवलमा पर्यटनको अभ्यास र सम्भावनाको विषयमा बृहत छलफल कार्यक्रम आयोजना गरी बुटवलको विकासमा मिडिया क्षेत्रको भूमिका देखाएकोमा बुटवल टुडे दैनिकलाई धन्यवाद दिनुपर्छ सबैले । बुटवलमा पर्यटनका सम्भावना प्रसस्त छन् । यो मुलुकको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । जहाँसम्म अभ्यासको कुरा हो, बुटवललाई पर्यटन क्षेत्रको रूपमा विकास गराउने सार्थक पहल र प्रयास भएको छैन । यसको प्रारम्भिक चरणमा छौं, हामी । यसको थालनी भएकोमा खुशी प्रकट गर्दछु । अब यस क्षेत्रका बासिन्दा हामी बुटवल र आसपास क्षेत्रका पर्यटकीय सम्पदाहरूको विकास र प्रबद्र्धनमा आ–आफ्नो स्थानबाट जुट्नु पर्दछ । एकजुट हुनुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?