ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

डेंगुबाट बचाउन रेडक्रसको अभियान

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

लमही, १८ बैशाख ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाले पछिल्लो समयमा नेपालका तराई क्षेत्रहरूमा फैलिन थालेको डेंंगु र दादुरा महामारीबाट नागरिकहरूलाई बचाउन सतर्कता अभियान नै सञ्चालन गरिरहेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थीक प्राबिधीक सहयोगमा उपशाखा गढवाले बिभिन्न गाउँवस्तिहरूमा अभियान नै थालनी गरेको सभापती उमाकान्त पन्तले जानकारी दिए । । यसअघि रेडक्रसको आयोजना र गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयको संयोजनमा गढवाको कुमाल टोलमा स्वास्थ्य कर्मिद्धारा सचेतना कार्यक्रम गरिएको थियो भने बुधवार गढवा–६ को बालाखुटी र हाँसीपुर टोलमा कार्यक्रमको आयोजना गरि डेंगो र दादुरा महामारिबाट बच्न पूर्व सतर्कता अपनाउन आम नागरिकहरूलाई आव्हान गरिएको छ ।

एक बर्ष मुनीका वालवालीका, गर्भवती तथा सुत्केरी महिला, बृद्धबृद्धा, दिर्घरोगी, रगत जम्ने समस्या भएका मानिसहरू र मोटोपना भएका मानिसहरूमा डेंगो रोगको संक्रमण तुरुन्त हुनसक्ने कार्यक्रममा जानकारी गराइएको छ । डेंगोका किटाणुले आक्रमण गरेमा ज्वरो आउने, टाउको र आँखाका गेडीहरू दुख्ने, हातखुट्टा र शरिर नराम्रोसंग दुख्ने, खाना खान मन नलाग्ने र वान्ता हुने जस्ता लक्षण हुने कार्यक्रममा स्वास्थ्यकर्मीद्वारा जानकारी गराइएको हो । सफा पानीमा बस्ने पानीमै फूलपार्ने लामखुट्टेले मानिसलाई टोकेमा डेंगु रोग लाग्ने भन्दै गाउँ, घर तथा बजारहरूमा पानी जम्ने खालका कुनैपनि भाँडाहरू, टायरहरू, गमलाहरू र खाल्डाहरू पानी जम्न नदिने कुरामा सन्देश प्रबाह गरिएको थियो । लामखुट्टेको टोकाईबाट बच्न घर वरीपरी पानी जम्न नदिने र झुल प्रयोग गरेर मात्र सुत्न कार्यक्रमका सहभागीहरूलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा डेंगु रोग र यसका लक्ष्यणहरू, सावधानी अपनाउनु पर्ने बिधिहरू र यसले मानव शरिरमा पार्ने असरहरूका बारेमा तथा दादुरा रोगबाट बच्ने उपायहरूका बारेमा समेत स्वास्थ्यकर्मी सुर्य नारायण यादवले प्रशिक्षण दिएका थिए । गढवा गाउँपालिकाको ६ नम्बर वडामा सबैभन्दा बढी डेंगोको संक्रमण देखिएको स्वास्थ्यचौकी गढवाले जनाएको छ । जस अनुसार गत आर्थिक बर्षमा २४१ जनामा डेंगो देखिएकोमा १० जना गंभिर बिरामी भएर बाँच्न सफल भएको र यसबर्षको हालसम्म ३७ महिला र ३० पुरुष गरी ६७ जनमा डैंगो संक्रमण देखिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?