ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

सुझाव अनुसार प्रदेश सरकारको बजेट आउने

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

लमही, १८ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट यथार्थपरक हुने बताएका छन् । देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारमा सहभागी दलका प्रमुखहरूसँग आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम जनअपेक्षासँग मेल खानेगरी तयार पारिने स्पष्ट पारे । “सरकारले सन्देश दिनेगरी र आशा जगाउनेगरी नीति तथा कार्यक्रम तथा बजेटको तयारी गर्दैछ,” मुख्यमन्त्री आचार्यले भने, “तपाईंहरूको सुझावलाई आधार मानेर समावेश गर्नेछौं । आम्दानी अनुसार बजेटको आकार ३१ देखि ३२ अर्बको हाराहारीमा रहनेछ ।”

मुख्यमन्त्रीले घाटा बजेट नबनाउने उल्लेख गर्दै, थोरै लगानीबाट प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्ने धारणा राखे । उनले नीति तथा कार्यक्रममै आधारित भएर वार्षिक बजेट निर्माण गरिने र बाहिरका कार्यक्रम नसमेटिने जानकारी दिए । छलफलमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनुसन्धानमा आधारित नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए । “थोरै बजेटले धेरै काम हुनेगरी बजेट ल्याउनुपर्छ,” उनले भने, “राजस्व बढाउने, सम्पन्न हुने योजनालाई प्राथमिकतामा राख्न आवश्यक छ ।”

कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले प्रदेश सरकारलाई संविधान प्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिए । “सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्छ,” उनले भने, “पर्यटन विकासमा लुम्बिनीलाई जोड्न सकिन्छ ।” नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भ्रष्टाचार नियन्त्रण र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । “भौतिक पूर्वाधार मात्र होइन, कृषि, शिक्षा, स्वास्थ्य, उद्यम विकासमा बजेट केन्द्रित हुनुपर्छ,” उनले बताए ।

छलफलमा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी चौधरी, सचिव लक्ष्मण आचार्यलगायतले समावेशी र स्रोत परिचालनमैत्री बजेटको सुझाव दिए ।बैठकमा मन्त्री, दलका प्रतिनिधि, योजना आयोगका पदाधिकारी तथा सचिवहरूको सहभागिता थियो । छलफलबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रम र बजेट निर्माणको आधार बनाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?