ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

आर्थिक संकटको नाममा अस्पताल बन्द, स्थानीय रुष्ट

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

जितपुर, १७ बैशाख ।

वाणगंगा नगरपालिका–४ स्थित कपिलवस्तु सामुदायिक अस्पताल एकाएक अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालको सेवा बुधवार अपरान्ह ४ बजेबाट बन्द गरिए तापनि बन्दसम्बन्धी सार्वजनिक सूचना बिहीवारको मिति राखेर जारी गरिएको थियो, जसले स्थानीयमा भ्रम सिर्जना गरेको छ ।

अस्पताल प्रशासनले आर्थिक संकटलाई कारण देखाउँदै सम्पूर्ण सेवाहरू बन्द गरेको जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरूलाई घर फर्कन निर्देशन दिइएको छ, जसका कारण धेरै बिरामी र उनीहरूका आफन्तहरू मर्कामा परेका छन् । बिरामीहरूको उपचार अधुरैमा रोकिएको छ, जसले स्वास्थ्य संकटको अवस्था सिर्जना गरेको छ ।

सञ्चालन समिति र प्रशासनबीचको द्वन्द्व सतहमा आएको छ। अस्पतालका अध्यक्ष शिवचन्द्र आचार्यले ‘अस्पताल लामो समयदेखि घाटामा चलिरहेको’ भन्दै सबै कर्मचारीलाई बिदा दिएको बताएका छन्। तर अर्कोतर्फ, महासचिव बुद्धि बहादुर रोकाहाले “अस्पताल मर्मतका लागि बन्द गरिएको र आर्थिक भार थेग्न नसकेपछि यस्तो निर्णय लिइएको” स्पष्ट पारे ।

यसबीच, अस्पतालका डाक्टर तथा कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले “बिना कुनै पूर्वसूचना सेवाबाट हटाइएको” भन्दै शंका व्यक्त गरेका छन् र विरोधमा उत्रने चेतावनी दिएका छन्। स्थानीय बासिन्दाहरू र बिरामीका आफन्तहरूले अस्पताल प्रशासनको कदमप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् ।

हालसम्म वैकल्पिक स्वास्थ्य सेवाको व्यवस्था नभएकोले वाणगंगा क्षेत्रमा स्वास्थ्य संकट गहिरिने सम्भावना रहेको स्थानीयवासी बताउँछन्। स्थानीय सरकारको तर्फबाट कुनै प्रतिक्रिया आउन बाँकी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?