ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

बुटवल, १७ बैशाख ।
रूपन्देही बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । तिलोत्तमा १४ मा रहेको टाइगर प्यालेसमा भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य क्षेत्रको समग्र विकासको लागि निजी क्षेत्र र राज्यले मिलेर काम गर्नु आवश्यक रहेको बताए । उनले चिकित्सकहरूले आफ्नो व्यवसायिक मर्यादा कायम राख्नु पर्ने र आफ्नो क्षेत्रमा मात्र कार्य गर्नुपर्ने कुरा उल्लेख गरे । नवीनतम अनुसन्धान, खोज र अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्नु राम्रो रहेको पनि बताए । बीएलके म्याक्स हस्पिटल दिल्लीका तर्फबाट नेपालका कन्ट्री म्यानेजर, सबिन कार्कीले यस्ता कार्यक्रमहरूले आपसमा अत्यन्त फाइदाजनक आदानप्रदा गरेका थिए ।

लुम्बिनी प्रदेशका १०० जना भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको ग्याष्ट्रो सम्मेलनमा चिकित्सकहरूले अनुभव, प्रविधिको प्रयोग बारेमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा रिसेन्ट एड्भान्स इन लिभर ट्रान्सप्लान्टको बारेमा बीएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजोको प्रत्यारोपण र यससँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले जनावरबाट फोक्सो र अन्य अंगहरूमा मर्ने रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

वरिष्ठ ग्याप्ट्रोलोजिस्ट डा. संदिपराज कुवँरले पेट र इन्डोस्कोपी उपचार विधि बारे कार्यपत्र प्रस्तुत गर्नुभयो। वरिष्ठ डाक्टर रेडियोलोजिस्ट शोभित सिंहले कलेजोसम्बन्धी रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग बारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, डा. पुकार थापाले औषधि र ऋब्ः ले कलेजोमा गर्ने असर र यसको नवीनतम उपचार प्रविधिका बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रम संयोजक समेत रहेका पेट, आँखा, कलेजो तथा वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. रविन हमालले एक्यूट प्याङ्क्रियाटाइटिस र यसको समाधान बारे कार्यपत्र प्रस्तुत गरे । ग्याष्ट्रो सम्मेलनमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न विधामा आफ्ना विचार, मन्थन तथा अन्तरक्रिया गर्नुभएको ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुषालले बताए । पछिल्लो समयमा पेट, आँखा, कलेजोसम्बन्धी नयाँ अभ्यास र प्रयोगहरू बारे जानकारी गराएका थिए । उद्घाटन समारोहमा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. विष्णु पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको डा. भुसालले बताए । सम्मेलनमा रूपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूका सबै विषयका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?