ट्रेंडिंग:

>> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो 

बुटवल हस्पिटल र निवृत्त राष्ट्र सेवक समाजबिच उपचार सम्झौता

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

बुटवल ।

बुटवल हस्पिटल प्रालि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत्त राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका विचमा उपचार सम्झौता सम्पन्न भएको छ ।

बुटवल हस्पिटल प्रालिले उपचारका लागि निवृत्त राष्ट्रसेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताए । उनले बुटवल हस्पिटल प्रालि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे ।

सो अवसरमा बुटवल हस्पिटल प्रालिका मेडिकल सुपरिटेण्डेन डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पुर्व कर्मचारीहरुसंग सहकार्य गर्नु पाउनु स्वागत योग्य कुरा रहेको बताए ।

निवृत्त राष्ट्रसेवक समाज बुटवलका अध्यक्ष भाजबहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउदा बुटवल हस्पिटल प्रालिलाई नै सम्झने बतावरण बनेको बताए । दुई संस्था विचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रालिका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, ईमरजेन्सी तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सीना लगायतले धारणा राखेका थिए ।

आजभन्दा २५ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रालिमा अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरी ओटी संरचना छ । बुटवल हस्पिटल प्रालिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?