Butwal Today

शिक्षा ऐन नल्याउने सरकारले देश चलाउने सपना देख्नु दिवा सपना जस्तै हो : सांसद शाह

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहले सरकारले शिक्षा ऐनसम्बन्धी कुनै प्रगति गर्न नसकेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहले यस्तो अक्षम सरकारबाट देश सञ्चालनको कुरा गर्नु दिवास्वप्न जस्तै भएको टिप्पणी गरे।

शाहले विगतमा आन्दोलन र युद्धका नाममा पटक–पटक विद्यालय बन्द गरिँदा गरिब जनताको छोराछोरी शिक्षाबाट बञ्चित भएको उल्लेख गरे। यस्तै, पटक–पटक व्यवस्था र सरकार फेरिए पनि शिक्षा नीति उस्तै रहेको र पुरानै नीतिले मुलुक अगाडि बढ्न नसक्ने धारणा व्यक्त गरे।

उनले शिक्षक, विद्यार्थी तथा चिकित्सकहरूका भातृ संगठनहरू खारेज गर्नुपर्ने माग गरे, साथै सरकारी कर्मचारीहरू राजनीति होइन, सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?