Butwal Today

शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने दिन आउन सक्छ: मेटमणि चौधरी

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूको जायज माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने स्थिति आउने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै चौधरीले सरकारलाई शिक्षा ऐन ल्याएर शिक्षकका माग तुरुन्त सम्बोधन गर्न आग्रह गरे। उनले भने, “शिक्षकका जायज माग पूरा नगरे शासकहरूले सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने अवस्था आउन सक्छ।”

चौधरीले थप भने, “शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुङ्ग्याउनका लागि सरकारले कदम चालेन भने, इतिहासले प्रमाणित गरेको छ कि जनताको अगाडि बहुमत र दुई तिहाइको अंकले काम गर्दैन। यस्तो स्थिति बांगलादेशमा जस्तो हुन्छ।”

सरकारले शिक्षकहरूसँग दमनपूर्ण व्यवहार गर्दै आएको आरोप लगाउँदै चौधरीले पार्टीको संसदीय दलको तर्फबाट यसको घोर भर्त्सना पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?