ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
भालुवाङ अस्पताल 

एउटै अस्पतालको दुईपटक सेवा शुभारम्भ, उद्घाटन मोहमा मन्त्रीहरू

१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

बुटवल, १५ वैशाख ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरी दाङको भालुवाङमा रहेको भालुवाङ अस्पतालको सेवा दुई पटक ओैपचारिक शुभारम्भ गरिएको छ । यसअघि पूर्व स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुद्वारा लालमटिया स्वास्थ्य चौकीको भवनमा ५० शैयाको अस्पताल निर्माणको निर्णय गरी २०७८ कात्तिक १२ गते आफैले सेवा शुभारम्भ गरेका थिए । प्रदेश राजधानीको आवश्यकता अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नका लागि प्रदेश सरकार र निकसाइमन संस्थाको सहकार्यमा अस्पताल सञ्चालनमा ल्याइएको मन्त्री थारुले बताए ।

दोस्रो पटक अस्पताल शुभारम्भबारे पूर्वमन्त्री थारुले आफ्नो फेसबुक वालमा यस्तो प्रतिक्रया लेखेका छन्
प्रदेश राजधानी लक्षित गर्दै भालुवाङमा अस्पताल स्थापना गरे पनि सरकारी ढिलासुस्तीका कारण अस्पतालको संरचनात्मक विकासमा समय लागेको थियो । आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भई थप भवन निर्माण तथा ५० शैयाको अस्पतालका लागि अस्थायी दरबन्दी सिर्जना र व्यवस्थापकीय संरचना सर्वेक्षण कार्यान्वयन गरिएको हो । नेपालको कानुन अनुसार २ सय शैयासम्मका अस्पतालहरू प्रदेश सरकारले स्वीकृत गर्न सक्ने प्रावधान छ । तर स्थायी दरबन्दी सिर्जनाको अधिकार संघ सरकारले नदिएकाले अस्पताल अस्थायी दरबन्दीमार्फत सञ्चालन भइरहेको छ ।

जोखबहादुर महरा मुख्यमन्त्री भएपछि उनको पहिलो मन्त्रीपरिषद निर्णयको रुपमा भालुवाङ अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गराइएको हो । सोही अनुसार अहिले कर्मचारी भर्ना भई थप सेवा बिस्तार भएको पुर्व मन्त्री इन्द्रजीत थारुले बताए।

पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले भालुवाङ अस्पताल स्थापनाको लागि राजधानी देउखुरीमा सर्ने निश्चित भएपछि आफैँ पहल गरेर सेवा शुभारम्भ गरेका थिए । “अहिलेको प्रदेश सरकारले अस्पतालको थप सेवा विस्तारमा गरेको कार्य सराहनीय छ । स्थायी संरचना र स्थायी दरबन्दीमा अबको ध्यान केन्द्रित हुन जरुरी छ”–पूर्वमन्त्री थारुले भने, “वन क्षेत्रमा पर्ने प्रस्तावित जग्गा सम्बन्धी प्रक्रिया झन्झटिलो भएकाले हाल सञ्चालनमा रहेको जग्गा नै मापदण्डअनुसार उपयोग गरी स्थायी संरचना बनाउन डिपिआर तयार पार्नुपर्छ । त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित हुन जरुरी छ ।”

पुनः शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले भालुवाङ अस्पताललाई भविष्यमा एक विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने प्रतिबद्धता जनाए। मुख्यमन्त्री आचार्यले भने, “प्रदेश राजधानीका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य छ। स्वास्थ्य सेवा सुधार हाम्रो सरकारको प्रमुख प्राथमिकता हो।”

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको भौतिक संरचना निर्माण, सेवा विस्तार र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको बताए । मन्त्री सारुले भने, “प्रदेशका अस्पतालहरू सुचारु गर्ने, नयाँ पूर्वाधार निर्माण गर्ने, औषधीको अभाव नहुने र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो मुख्य कार्ययोजना हो । भालुवाङ अस्पताललाई स्तरोन्नती गर्दै हामी अगाडि बढ्नेछौं ।”

सोही अस्पतालका मेसु आकाश बेल्बासेले पुनः शुभारम्भ बारे थप सेवा बिस्तार गरिएको हुनाले पुन उद्धघाटन गरिएको बताए । अहिले सोही अस्पतालमा अस्थयी दरबन्दी २६ जना रहेको र सबै दरबन्दी पूर्ण रहेको बताए । “अब अस्पतालको सेवा प्रवाह कुनै कमी हुने छैन”–उनले भने ।

यसरी, भालुवाङ अस्पतालले दुई पटक सेवा शुभारम्भ गरे पनि अब स्थायित्व र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्थायी संरचना र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पूर्वमन्त्री थारुले जोड दिए । भालुवाङ अस्पतालले सेवा विस्तार गर्दै नयाँ चरणमा प्रवेश गरे पनि स्थायी संरचना निर्माण र जनशक्ति व्यवस्थापन जस्ता दीर्घकालीन पक्षहरूमा ध्यान नदिएसम्म अस्पतालले अपेक्षित गुणस्तरीय सेवा प्रवाह गर्न सक्नेमा प्रश्न उठ्ने देखिएको छ । सरकार र सरोकारवाला निकायहरूले सहकार्य गर्दै अगाडि बढेमा भालुवाङ अस्पताल प्रदेश राजधानी क्षेत्रका नागरिकका लागि स्वास्थ्य सेवाको मुख्य केन्द्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?