ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

लुम्बिनी सुगम प्रदेश राजधानीमा स्वास्थ्य सेवा विस्तारको आशा, अझै पुराना चुनौती कायमै

१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

लमही, १५ वैशाख ।
लामो समयदेखि स्वास्थ्य सेवाको पहुँच नहुँदा लुम्बिनी प्रदेश राजधानी भालुवाङ आसपासका बासिन्दा समस्यामा थिए। अब भने स्वास्थ्य सेवा केही सहज बन्ने संकेत देखिएको छ। यद्यपि, स्थायी संरचना र जनशक्ति व्यवस्थापन अभावका कारण चुनौती भने अझै कायमै रहेको छ। २०७८ साल कात्तिक १२ गते भालुवाङमा ५० शैयाको अस्थायी अस्पताल स्थापना भई सेवा सुरु गरिएको थियो। तर, स्थायी संरचना र स्थायी दरबन्दी नहुँदा अपेक्षित गुणस्तरको सेवा दिन नसकेको स्थानीयवासीहरूको गुनासो रहँदै आएको छ। आर्थिक वर्ष २०७९ र ८० मा थप बजेट विनियोजन भई अस्थायी दरबन्दी सिर्जना गरिएको भए पनि अस्पतालले सम्पूर्ण सेवा सहज रूपमा दिन सकिरहेको छैन।

भालुवाङ अस्पतालको स्तरोन्नति र उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार भालुवाङ अस्पतालको औपचारिक उद्घाटन गरेका छन। उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी हुँदै प्रस्तावित अस्पतालको रूपमा विकास हुँदै आएको भालुवाङ अस्पताललाई अब ५० शैयाको पूर्ण अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो।

उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले अस्पताललाई विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा अगाडि बढाउने र गुणस्तरीय सेवा सुनिश्चत गरिने प्रतिबद्धता व्यक्त गरे। दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकका लागि भरपर्दो उपचार सेवा सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको उहाँले स्पष्ट पारे।

मुख्यमन्त्री आचार्यले दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ सेवा पुर्‍याउने र सुगम क्षेत्रका अस्पतालहरूमा केन्द्रित जनशक्तिलाई सन्तुलन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो। विशेषज्ञ चिकित्सकहरूको अभाव समाधान गर्न सरकारले नयाँ विज्ञापन खोले पनि अपेक्षित आवेदन नआएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेशमा आउने चिकित्सकहरूलाई थप प्रोत्साहन गरिने आश्वासन दिए।

स्वास्थ्य सेवा विस्तारमा सरकारको प्राथमिकता

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर रहेको बताउनुभयो। सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै नागरिकलाई सहज र भरपर्दो सेवा दिने लक्ष्य प्रदेश सरकारले राखेको उहाँले जानकारी दिए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अब विशेषज्ञ सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको स्थायी जग्गा व्यवस्थापन छिटो टुंग्याउन जोड दिए।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै नवीन उपकरणहरूको प्रयोगमा प्राथमिकता दिइएको र स्वास्थ्य संस्थाहरूलाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको बताए।

भालुवाङ अस्पतालको विकास यात्रा

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। आकाश बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा। रणबहादुर बोगटीले भालुवाङ अस्पतालको विकास यात्रा प्रस्तुत गरे। २०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भएको भालुवाङ अस्पतालमा हालसम्म ५१ वटा जटिल प्रसूति शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेका छन्। सर्जरी सेवा पनि विस्तार गरिएको छ भने, निकट भविष्यमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ।

पूर्व मन्त्री इन्द्रजीत थारुको दृष्टिकोण

अस्पताल स्थापनामा पहलकर्ता पूर्व स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले संघ सरकारले स्थायी दरबन्दी सृजनाको अधिकार अझै प्रदेशलाई नदिएकोले अस्थायी व्यवस्थामा अस्पताल सञ्चालन भइरहेको उल्लेख गरे। स्थायी संरचना र स्थायी कर्मचारी नियुक्ति नभएसम्म अस्पतालले अपेक्षित सेवा दिन नसक्ने भन्दै उनले आगामी आर्थिक वर्षमा डीपीआर निर्माण र बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन।

हाल अस्पताल सञ्चालन भइरहेको जमिन नै ५० शैयाको मापदण्ड अनुरूप भएको निष्कर्ष निकालिएको छ। यद्यपि, स्थायी संरचना निर्माणका लागि प्रस्तावित जग्गा बनक्षेत्रमा पर्ने भएकाले कानुनी प्रक्रियाले केही ढिलाइ गरिरहेको छ।

स्वास्थ्य पूर्वाधार कमजोर हुँदा राजधानी क्षेत्रका सर्वसाधारणले सामान्य उपचारका लागि समेत टाढासम्म जानुपर्ने बाध्यता अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। लुम्बिनी सुगम प्रदेश राजधानीमा स्वास्थ्य सेवा बलियो बनाउन स्थायी भौतिक संरचना निर्माण र दक्ष जनशक्ति व्यवस्थापन अनिवार्य भएको प्रस्ट देखिएको छ।

४ वटा पालिका रहेको देउखुरी हाल्सम्म लमहीमा १५ शैयाको अस्पताल  रहे पनि विशेषज्ञ  सजित सेवा नहुदा सामान्य प्राथमिकता  उपचार  बाहेक अन्य उपचारका  लागि बुटवल  तथा नेपालगन्ज देखि भारतको लखनहुमा जानू पर्ने बाध्यता  रहदै आएको छ।पछिल्लो  समयमा लमहीसगै सिसहनिया र भालुबाङमा अस्पताल  निर्माणसगै स्वास्थ्य सेवाको पहुँच  बढन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?