© २०२३
काठमाडौं, १५ वैशाख ।
राजधानीको बूढानीलकण्ठ नगरपालिका–१ मा विद्युतीय करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृतक बर्दिया जिल्ला, मधुवन नगरपालिका–८ का २५ वर्षीय कृष्ण चौधरी रहेका छन्, जो हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका थिए। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार आइतबार घरको जग खन्ने क्रममा प्रयोग गरिएको हेम्बरिङ मेसिनमा करेन्ट प्रवाह भई चौधरी गम्भीर घाइते भएका थिए।
घटनापछि तत्कालै उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको अस्पताल स्रोतले पुष्टि गरेको छ। घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस दुर्घटनाले निर्माण कार्यमा सुरक्षा सावधानीको गम्भीर अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।