© २०२३
बुटवल, १४ बैशाख । सामाजिक संस्थाहरु बिच सहकार्यबाट अघि बढ्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिले संस्थाको २० औं साधारण सभा तथा रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले स्वच्छ प्रतिस्प्रर्धा गर्दै समाजमा सामाजिक क्षेत्रमा अघि बढ्नुपर्ने बताएका हुन ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रा देवि अर्यालले उद्घाटन गर्दै रगत अभियानमा यस क्षेत्रमा महत्वपूर्ण कामहरु भएको बताईन । पालिकाबाट सामाजिक क्षेत्रमा अग्रसर रहेको सबै संघसंस्थाहरुलाई सहयोग र सहकार्य गर्दै आएको उनले बताईन ।
कार्यक्रम नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालले बुटवलमा अहिले दैनिक ८० देखि १२० युनिट रगत खपत हुदै आएकोमा यसमा सामाजिक संस्थाहरुको योगदान रहेको बताए । संस्थालाई नया रणनितिका साथ अघि बढाउन सभामा आएको सुझावलाई मनन गरि अघि बढ्ने उनले बताए । ‘टोलटोलमा रक्तदान एक घर एक रक्तदाता हाम्रो अभियान’ नाराका साथ नेपाल नियमित रक्तदाता संघ वि सं २०६१ सालमा स्थापना भई निरन्तर सक्रियताको साथ नियमित र आकस्मिक रक्तदान, रक्तदान अभिप्रेरणा कार्यक्रम, देशका विभिन्न जिल्लामा शाखा उपशाखा विस्तार गर्दै विरामीको सेवामा समर्पित रहदै आएको उनले बताए ।
कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष टीकाराम न्यौपाने, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय सल्लाहकार सुरेन्द्रकुमार शाक्य, कानूनी सल्लाहकार दामोदर घिमिरे, प्रेस सल्लाहाकार यमलाल भूषाल, सल्लाहाकार लेखनाथ न्यौपाने, सल्लाहाकार राजकुमार श्रेष्ठ , नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले, संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, उपाध्यक्ष महेश खनालले सामाजिक कार्यमा सबै संस्थाहरुको सहकार्य सधै जरुरी रहेको बताए ।
साधारण सभाले अध्यक्ष, महासचिवको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको संस्थाका महासचिव दीपक अधिकारीले बताए ।