Butwal Today

भन्सार विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

१४ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १४ वैशाख।

प्रतिनिधि सभामा भन्सार विधेयक सम्बन्धी प्रतिवेदन आइतबार प्रस्तुत गरिएको छ। प्रतिनिधि सभाको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयकको प्रतिवेदन पेश गरेका हुन्।

यो विधेयक पहिलोपटक १८ असोज २०८० मा तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतद्वारा संसदमा दर्ता गरिएको थियो। त्यसपछि १८ चैतमा अर्थ समितिमा दफावार छलफलका लागि पुगेको विधेयक समितिले पास गरी सभामा प्रतिवेदन पेश गरेको हो।

प्रतिवेदन पेशसँगै विधेयक पारित प्रक्रियातर्फ अघि बढेको छ।