ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

सक्कलीले मात्रै गणतन्त्र बचाउँछः सचिव पाण्डेय

१४ बैशाख २०८२, आइतबार
१४ बैशाख २०८२, आइतबार

बुटवल, १४ बैशाख ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव एव्म पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरूले गणतन्त्र जोगाउन नसक्ने बताएका छन् । उनले कतिपय नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसेपनि उनीहरू असली गणतन्त्रवादी नहुँदा राजावदीहरू सक्रिय भएको बताए । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले यस्तो बताएका हुन । आफूहरूले ठूलो संघर्ष र त्यागबाट गणतन्त्र ल्याएको बताउँदै नक्कली गणतन्त्रवादीहरूकै कारण राजतन्त्रको चर्चा भइरहेको समेत आरोप लगाए ।

पूर्वमन्त्री पाण्डेयले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अगुवाईमा गणतन्त्र प्राप्त भएको बताउँदै जोगाउने दायित्व पनि समाजवादीसँगै रहेको बताए । ‘६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्र ल्याउन स्व. गिरिजा प्रसाद कोईराला, माधव कुमार नेपाल र प्रचण्डविच मात्रै सम्झौता भएको हो’ उनले भने–‘हस्ताक्षरकर्ताको नाताले पनि गणतन्त्रप्रतीको माया हाम्रो पार्टीलाई छ ।’ उनले वर्तमान सरकारकै कारण मुलुकमा निराशा बढेको समेत बताए । जनतामा सरकारले उत्साहभन्दा निराशा बढाउने काम गरेकै कारण राजतन्त्रवादीहरू सक्रिय भएको उनको भनाइ छ । उनले राजावादीहरूको सक्रियता हुनुमा सरकार नै जिम्मेवार रहेको बताए । अहिले मुलुकमा देखिएको कुशासन, भ्रष्टाचारको अन्त्यका लागि अब आफूहरू आन्दोलनको तयारीमा रहेको समेत बताए ।

संविधानमा लेखिए अनुसार समाजवादी जाने स्पष्ट कार्यक्रम आफूहरूले मात्रै ल्याउने उनको दाबी छ । पाण्डेयले मुकुलमा देखिएको भ्रष्टाचारको अन्त्य गरी रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी कार्यक्रम महाधिवेशनले पारित गरेको बताउँदै पार्टी निर्माणमा एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले अहिले कुनै पनि पार्टीसँग एकता नहुने समेत स्पष्ट पारे । कम्यूनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहेपनि एमालेसँग अहिलेको अवस्थामा एकता सम्भव नै नरहेको बताए ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य भगवती अधिकारी, रूपन्देहीका अध्यक्ष हिराध्वज शाह, नेकपा एमाले नगर कमिटि अध्यक्ष शोभाखर पोख्रेल, नेपाली काँग्रेस बुटवल उपमहानगरका कार्यवाहक सभापती ज्योति भण्डारी, नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल, नेकपा बुटवल नगर सचिव विष्णु बेल्बासे लगायतले बोल्दै अधिवेशन सफलताको शूभकामना दिए । अधिवेशन अध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रुक्माङगत घिमिरेको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?