© २०२३
कपिलवस्तु,१२ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको संयोजकत्वमा जिल्ला जनआन्दोलन समिति गठन गरेको छ । बिहीबार पार्टीको जिल्ला कार्यसम्पादन समितिका अध्यक्ष नारायणबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी बैठकले जिल्लाका तीनवटा निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर १ मा शत्रुघन चौधरी, चन्द्र भण्डारी क्षेत्रीय अध्यक्ष, प्रदेश अध्यक्ष, नगर अध्यक्ष र पदाधिकारीहरू रहने गरी क्षेत्रीय जनआन्दोलन समितिको जिम्मेवारी तोकेको छ । क्षेत्र नम्बर २ मा इदृश मुसलमान, विष्णु भण्डारी र क्षेत्र नम्बर ३ मा आरती सिंह यादव, प्रेमशंकर शुक्ला क्षेत्रीय अध्यक्ष, प्रदेश अध्यक्ष, नगर अध्यक्ष र पदाधिकारीहरू रहने गरी क्षेत्रीय जनआन्दोलन समितिको जिम्मेवारी तोकेको राप्रपा कपिलवस्तुका जिल्ला प्रवक्ता भूमिराम गिरीले जानकारी दिए ।