ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

दीपमा पृथ्वी पर्यावरण सचेतना कार्यक्रम

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

बुटवल , १२ बैशाख ।

विश्व पृथ्वी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कूल, बुटवलमा वृत्तचित्र प्रस्तुति र अन्तरक्रियात्मक सत्रसहितको पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजना थियो । कार्यक्रममा वातावरणीय संरक्षणका विविध पक्षमा प्रस्तुतिहरू दिइए । वक्ता तथा सहजकर्ताहरूले पृथ्वीको संरक्षण हामी सबैको साझा जिम्मेवारी रहेकोमा जोड दिँदै वातावरणमैत्री अभ्यासमा अहिलेको पुस्ताको संलग्नता अनिवार्य रहेको धारणा राखे ।

विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विद्यालयस्तरमै हरियाली प्रवद्र्धनका कार्यक्रम अभियानका रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै तिमीहरूको आन्तरिक मूल्यांकन पनि पर्यावरणीय चेतनासँग जोडिएको उल्लेख गरे । पर्यावरण संरक्षण समाजका अध्यक्ष गङ्गा पोखरेलले प्लास्टिक नियन्त्रणका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्दै आफ्नो प्रस्तुति दिइन् । उनले प्लास्टिक प्रदूषणले वातावरण, जैविक विविधता र मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पारिन् । पोखरेलले प्लास्टिक नियन्त्रणलाई साझा दायित्वका रूपमा बुझ्न र सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ की वडा सदस्य सविता बिकले कानुनी प्रावधान, जनचेतना अभिवृद्धि, पुनः प्रयोगयोग्य सामग्रीको प्रवद्र्धन र स्थानीय तहको सक्रियता आवश्यक रहेकोमा जोड दिँदै नगरलाई बालमैत्री बनाउने प्रक्रियामा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् । बुटवल उपमहानगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले नगरपालिकाले जल स्रोत संरक्षण, पानीको सदुपयोग तथा वर्षा पानी संकलनजस्ता व्यवहारिक अभ्यासलाई प्राथमिकतामा राखेको जानकारी दिए । कार्यक्रममा पर्यावरण संरक्षण समाजका उपाध्यक्ष अर्जुन ज्ञवालीले हरित जीवनशैली, स्थानीय उत्पादन प्रयोग तथा साइकल चलाउने अभ्यासबाट दिगो वातावरणीय सन्तुलन सम्भव हुने तर्क प्रस्तुत गरे ।

सचिव कृष्ण गाउँलेले संवादात्मक माध्यम, सचेतनामूलक कला र वातावरणीय शिक्षामार्फत जनचेतना अभिवृद्धि गर्न सकिने धारणा राखे भने सहजकर्ता अशेष भण्डारीले मानवीय क्रियाकलापले वातावरणमा पार्ने असर र समाधानका उपायबारे प्रष्ट पारे । उनले डिजिटल मिडियाको सशक्त प्रयोगमार्फत वातावरणीय सन्देश प्रवाह गर्न सकिने विषयमा पनि प्रकाश पारे । वक्ताहरूले फोहोर व्यवस्थापन, पुनःप्रयोग, जैविक विविधताको संरक्षण, नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने जिम्मा विद्यालय, समुदाय र नीति निर्माण तहबीचको समन्वयबाट मात्रै सम्भव हुने निष्कर्षमा पुगे । कार्यक्रमको पहिलो चरणमा कक्षा ६, ७ र ८ का करिब तीन सय विद्यार्थी सहभागी थिए । वृत्तचित्र हेरेपछि अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले वातावरण संरक्षणको सुरुआत आफू र घरपरिवारबाटै गर्नुपर्ने आवश्यकता औंल्याउँदै जिम्मेवार नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पर्यावरण मैत्री झोला वितरण गरिएको थियो । कार्यक्रममा सहप्राचार्य कलाधर अर्याल, समाजका पदाधिकारी बनिका भट्टराई, विनिता भट्टराईसहित विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप प्रभावकारी बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?