© २०२३
बुटवल, ११ बैशाख । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको दुई दिने खुद्रा भेला तथा क्षमता अभिवृध्दि तालिम बुटवलमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संवेदशिल र महत्वपूर्ण स्वस्थ्य क्षेत्रका समस्या समाधानमा स्थानिय सरकार गम्भिर रहेको बताए । ‘स्वस्थ्य क्षेत्र बुटवलको पहिचान दिने एउटा महत्वपुर्ण पाटो हो ।’– उनले भने । पछिल्लोसमय स्वस्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा नितिगत रुपमा अन्त्य गर्ने गरि पहल थालेको उनले दाबी समेत गरे । पसल वरपर सरसफाई, उज्यालो र हरियाली गर्ने जस्ता परिवर्तनका काम ब्यवसायीहरुबाट अप्नाउनुपर्ने सुझाव दिए।ब्यवसायीहरु बिचमा एक अर्कामा अस्वस्थ्य प्रतिस्पर्धा रोक्न उनले सुझाव समेत दिए । ‘यसले ब्यवसायीहरुलाई बिस्थापित गराउछ ।’– उनले भने ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रिय पुर्वअध्यक्ष बाबुराम भट्टराईले बुटवलमा स्वस्थ्यको विगतलाई हेर्दा औषधी ब्यवसायीहरुमा धेरै परिवर्तन आएको उनले बताए । गुड फार्मेसी अभ्यास जरुरी रहको उनले बताए । कतिपय ब्यवसायीहरुको समस्यालाई विधान संशोधन गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने संवेदशिल पेशा भएको हुदा पनि जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । समयअनुकुल ब्यक्तिगत र संस्थागत क्षमता विकासलाई निरन्तर दिने गरि संस्थागत रुपमा लाग्न सुझाव दिए । औषधीको हबका रुपमा रुपन्देहीलाई चिनाउने गरि सरकार, निजी क्षेत्रबाट लगानी रहेको उनले बताए । आफ्नै ट्रान्सपोर्ट नहुदा यसले चिस्यान (कोल चेन मेन्टेन्स) मा कठिनाई रहेको भन्दै गुणस्तरीय कायम राख्न समस्या रहेको उनले बताए ।
कार्यक्रममा संघका निवर्तमान संस्थापक अध्यक्ष सुरज भट्टराईले ब्यवसायीहरुमा रहेको समस्या न्यूनिकरण जरुरी रहेको बताए । क्लिनिक दर्ता गर्दा ३ जना एचए हुनुपर्ने, एलोपेथिक र आयुर्वेदिक औषधी एउटै पसलमा बेच्न नहुने जस्ता ब्यवसायीहरुमा समस्या आउने नितिगत रुपमा स्थानिय सरकारबाट हस्तक्षेप गर्न जरुरी रहेको बताए । ब्यवसायीक करलाई एकिकृत गर्ने तर बोर्ड कर हटाउन उनले आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले ब्यवसायीको समस्यामा समाधानमा स्थानिय सरकारबाट पाएको आश्वासन पुरा हुनेमा आशाबादी रहेको बताए । विशेष गरि करको एकरुपता, सरसफाई करको विषय, औषधीजन्य फोहोरको ब्यवस्थापन लगायतका केही मुख्य समस्याहरु समाधानमा विशेष चासो दिन उनले आग्रह गरे ।
कार्यक्रममा खुद्रा उपाध्यक्ष तथा संयोजक नारायण थापाले ब्यवसायीहरुको ब्यक्तिगत क्षमता अभिवृद्धिसंगै संस्थागत रुपमा विकासमा आफुहरु निरन्तर लागेको बताए ।
कार्यक्रममा सहभागीहरुलाई संघका विशेष सल्लाहकार डा रोहितराज क्षेत्री र कानुनी युवराज घिमिरेले स्वास्थ्य पेशा, वर्तमान अवस्थामा देखिएको समस्या र समाधानका विषयमा सहजिकरण गरेका थिए । बुटवल क्षेत्रमा मात्र ४६५ बढि ब्यवसायीहरु रहेकोमा रुपन्देही जिल्लाभरि १२०० ब्यवसायीहरु छन ।