© २०२३
गुल्मी, ३ वैशाख ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । गुल्मी अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा चैत महिनामा ११ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
पक्राउ परेकाहरुमा सवारी ज्यान, चोरी, बैङ्किङ्,चेक अनादर, सवारी ज्यान, जवरजस्ती चोरी, वन, जारी र लागु औषध लगायत मुद्दाका प्रतिवादीहरु रहेका छन । पक्राउ पर्नेहरुमा २०२८ सालदेखि २०८१ चैत २९ गतेसम्मका प्रतिवादीहरु रहेको प्रहरी नायव उपरिक्षक सारुले बताए । पक्राउ पर्नेहरुमा २५ वर्षदेखि ७५ वर्ष उमेर समुहका रहेका छन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समयमा नियमित पत्रकार सम्मेलनगरि मासिक रुपमा कार्यालयवाट भएगरेका कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै आएको आएको छ । पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय गुल्मीले अदालतले गरेको फैसला कार्यान्वयनमा तिब्रता दिँदै आएको छ ।
यसरी पक्राउ गरिएका ११ जना प्रतिवादीहरुवाट पाँच वर्ष सात महिना सात दिन कैद र पाँच लाख ८२ हजार ६२० रुपियाँ जरिवाना असुल भएको प्रहरी उपरिक्षक भुजेलले बताए ।