© २०२३
काठमाडौं, ३ बैशाख ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयकबारे पार्टीको आधिकारि धारणा बनाउनका लागि गम्भीर छलफल शुरु गरेको छ।
अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको आत्मसम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिवद्धता जनाए अनुरुप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए।
चैत २० मा शिक्षक आन्दोलन हुदाँ २२ गते नै पार्टी सभापति शेरबहादुर देउवाले समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेको उनले बताएका छन्।