ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

१ सय बर्षपछि मठा फल्चाको पुनर्निमाण गरिदै

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

काठमाडौं, २८ चैत ।

‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गरिरहेको बताउँदै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा–८ का अध्यक्ष आशामान संगतले, सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पारेका छन ।  वडा नम्बर ८ नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गर्दै उनले भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए । मठा फल्चा जयबागेश्वरी धुनी मठको सामुन्ने रहेको छ ।

यी दुई संरचनाको विचमा भैरव स्वरुपमा पूजा गरिने शिला छ । यस टोलबाट सञ्चालन गरिने बछलेश्वरी, पिंगलास्थान, बनकाली, भुवनेश्वरी जस्ता जात्रामा भैरव अगाडि आएर रथ रोक्ने र पूजा अर्चना गर्ने प्रचलन छ । श्रद्धाको यस क्रममा पूजा सामग्री राख्न फल्चा निर्माण भएको हुन सक्ने वडाध्यक्ष संगतको भनाइ छ ।  ‘धुनी मठ नेपाल संवत् ९०१ मा निर्माण भएको शिलालेखमा उल्लेख छ । ‘फल्चा पनि यससँगै निर्माण भएको हो ’ संगतले भने ।

फल्चा एक तलाको २ पाखे शैलीको हुनेछ । १९९० सालको भूकम्पबाट जीर्ण भएको फल्चा क्रमशः भत्किँदै गयो तर पुननिर्माण भने कहिल्यै भएन । जस्ताले घेरेर राखिएको फल्चा अहिले उपभोक्तामार्फत पुनःनिर्माण हुन थालेको हो ।

२०७९ यता सांस्कृतिक सम्पदा संरक्षणअन्तर्गत वडा कार्यालयले फल्चा पुनःनिर्माण, सांस्कृतिक क्रियाकलाप सञ्चालन हुने गरेको अतिक्रमित जग्गाको स्वामित्व फिर्ता, त्यस ठाउँमा भएका प्राचीन सम्पदा पुनरुत्थान गरिरहेको छ । इना गणेश मन्दिर, इटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।

साना साना धार्मिक संरचनाहरुमा पिङ्गलास्थान द्यःसहितका संरचना पुनःनिर्माण भइसकेका छन् । हराएकै १ सय वर्षभन्दा धेरै समय वितेको ब्रह्मा मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । यो गायत्री मार्गमा छ । वडाले गुह्येश्वरी मन्दिरको प्रवेश द्वारको कलात्मकता जोगाएर पुनःनिर्माण गरेको छ । पिङ्गला स्थान र तिलगंगामा द्वार निर्माण गरेको छ ।

डवलीहरुमा नवाली टोलको नवाली डवली र पशुपति भुवनेश्वरी अगाडिको बज्रेश्वरी डवली पुनःनिर्माण गरिसकेको छ । सिफल सेतो ढोकादेखि जयबागेश्वरीसम्म ढुङ्गा विछ्याएको छ । यो कार्यलाई वडा भवनदेखि पशुपति क्षेत्रसम्म पु¥याउने योजना छ । वडाध्यक्ष संगतका अनुसार यस क्षेत्रमा रहेका घरहरुको बाहिरी मोहोडालाई मौलिक परम्परागत बनाउने कार्यको प्रक्रिया थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?