ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

घरेलु तथा साना उद्योग महासंघको पाल्पामा गोष्ठी

२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

बुटवल, २७ चैत ।
घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको वार्षिक कार्ययोजना तथा संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । महासंघका कार्यसमितिहरुको व्यक्तित्व विकास, कार्यकुशलता अभिवृद्धिका सीपसंगै संस्थागत क्षमता अभिवृद्धि, रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयन गर्ने गरि पाल्पाको भैरवस्थानमा अभ्यास गोष्ठी सम्पन्न भएको महासंघका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक देवानन्द पाण्डेले बताए । गोष्ठीका अवसरमा योगाभ्यास सहित मित्रमिलन, सहकार्य, संस्थागत सबलता लगायतका अभ्यास सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रमको लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्घाटन गर्दै देशको सन्तुलित विकास, रोजगारी अभिवृद्धि, वित्त सञ्चालन, स्थानीय कच्चा पदार्थको सदुपयोग, आयात प्रतिस्थापनमा महासंघबाट खेलेको भुमिकाबारे चर्चा गरे ।

गोष्ठीका क्रममा महासंका पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले घरेलु तथा साना उद्योग महासंघको परिचय र नेपालमा उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपप्राध्यापक एवम् प्रशिक्षक मुक्तिनाथ गैह्रेले व्यक्तित्व विकास, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनबारे सहजीकरण गरेका थिए भने दुर्गाबहादुर पोखरेलले योगाभ्यास गराएको महासचिव थानेश्वर चापागाईले बताए ।

कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष नेत्रप्रसाद पाठक, केन्द्रिय सदस्य कन्हैयालाल कसौधन, बसन्त रोका क्षेत्री, प्रदेश कोषाध्यक्ष माया खनाल, संघका जिल्ला कार्यसमिति अध्यक्ष टंकनाथ अधिकारीले आफ्नो उद्योगका साथै समग्र महासंघको कुशल व्यवस्थापन र योजना कार्यान्वयनका लागि गोष्ठीले सीपसहित ऊर्जा थपेको बताए । कार्यक्रममा संघको लुम्बिनी प्रदेशका पदाधिकारी सहित रूपन्देही जिल्ला कार्यसमिति र पालिकास्तरमा क्रियाशील समितिका पदाधिकारीको प्रतिनिधिमूलक सहभागिता रहेको महासंघका जिल्ला सदस्य ऋषि भण्डारीले बताए ।
यसैबिच कार्यक्रममा महासंघ जिल्ला कार्यसमितिले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission