© २०२३
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिउज्यान खतरामा रहेको भन्दै आज पार्टीको तर्फबाट मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाइएको छ। बुधबार प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सांसद गणेश पराजुलीसहितको टोलीले आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा रवि लामिछानेलाई पक्राउ गर्दा उनका मानव अधिकार उल्लङ्घन भएको उल्लेख गर्दै, उनको जिउज्यान र मानवअधिकारको रक्षार्थ आयोगले आवश्यक समन्वय गर्न भनिएको छ।
सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, “पक्राउका लागि प्रहरीको शैली र अभिव्यक्तिले सभापति रवि लामिछानेको जिउज्यान खतरामा परेको देखिन्छ।” उनले यसमा राज्य संयन्त्रको अन्धाधुन्ध कारबाहीको घोर भर्त्सना गर्दै, सामान्य प्रक्रियासमेत पूरा नगरी यस्तो कारबाही गरिएको बताएका छन्। साथै, गत शुक्रबार उच्च अदालत तुलसीपुरको आदेश अनुसार, जिल्ला अदालत रुपन्देहीको निर्णय बदर गर्दै रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको थियो। उनलाई शुक्रबार नै प्रहरीले उनका निवासमा पुगेर पक्राउ गरेको थियो।
