© २०२३
गुल्मी, २७ चैत ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान सरकारले कुशासन र भ्रष्ट्राचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन । उनले नागरिकमा सरकारले केही गरेन भन्ने भाष्य निर्माणलाई चिर्नका लागि भ्रष्ट्राचारलाई सफा गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली काँग्रेस गुल्मीको मंगलबार सदरमुकाम तम्घासमा आयोजित तेश्रो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले संजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सृजना हुने बताए । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने भन्दै राम्रो कामको प्रचार गर्न आफूहरू तयार रहेको बताएका छन् ।
नेपाली काँग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको भन्दै थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर काँग्रेस थिचियर बस्न नसक्ने बताएका छन । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवार उसैले लिनु पर्ने भन्दै महामनत्री थापाले त्यसको जिम्मेवारी काँग्रेसले नबोक्ने उनको तर्क थियो ।काँग्रेस आत्तियो भने सिँगो मुलुकले त्यसको मूल्य चुकाउनु पर्ने भन्दै थापाले पछिल्लो समयमा आम नागरिकमा देखिएको असन्तुष्टीलाई चिन्ने र चिर्ने काम पनि काँग्रेसको काँधमा आएको बताए । महामन्त्री थापाले देशमा ठूला दलहरूले केही गरेनन् र केही भयन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरणहरू जगाउँदै जानु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाइ भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्रा जावादीहरूलाई आग्रह गरेका थिए । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको बताउँदै शर्माले यस अबस्थामा थुप्रै सम्भावनाका ढोकाहरू सुरू भएको बताए । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेको भन्दै गणतन्त्र सबैको साझा भएको बताएका छन । शर्माले राजावादी शक्तिहरूलाई गर्वमा हैन कर्ममा विश्वास गर्न समेत आग्रह गरे ।
जिल्ला सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरू डा. चन्द्रकान्त भण्डारी, मिनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी, चन्द्र केसी, प्रदेश सभापति अमरसिंङ पुन लगायतका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले सम्बोधन गरेका थिए ।