ट्रेंडिंग:

>> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग

कर्मचारी एशोसियसन इकाई बुटवलमा पुनः माण्डब्य

२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

बुटवल, २५ चैत ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन ईकाइ समिति बुटवल उपमहानगरपालिकाको वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट अध्यक्षमा अनिल कुमार माण्डव्य पुनः निर्वाचित भएका छन । आठौं अधिवेशनबाट सर्वसम्मतरूपमा उपाध्यक्षमा रेश्मीराज घिमिरे, सचिवमा त्रिदेव बुढाथोकी, कोषाध्यक्षमा रचना तुलाधर, सहसचिवमा राज कुमार श्रेष्ठ सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरूमा पुष्पराज ज्ञवाली, होमलाल भण्डारी, सिद्धार्थ आचार्य, गिता पाण्डे, धु्रव भट्टराई, सुजन पौडेल, पुजन ज्ञवाली, रामकुमार श्रेष्ठ, लोकनाथ चापागाईं, रस बहादुर विक, लक्ष्मण खराल, प्रशान्त भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तैगरी कर्मचारी सामाजिक कल्याण कोषतर्फ सदस्यहरूमा देवराज श्रेष्ठ, सुरेन्द्र आचार्य र लक्ष्मी खनाल आचार्य चयन भएका छन् । अधिवेशनको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले नगरको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधिहरू सहकार्य गरीसँगै अघि बढ्नुपर्ने बताएका थिए ।
उनले केही कर्मचारीहरूले विकास निर्माण र नगरको हित विपरीत काम गरिहेको बताउँदै नगरपालिकामा रहेका करारका कर्मचारीहरूलाई निकाल्नका लागि केही कर्मचारी लागि रहेको बताए । सबै कर्मचारीहरू एक भएर यहाँ आउने सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न नगर प्रमुख पाण्डेयले कर्मचारी सबैलाई आग्रह गरे । कर्मचारीबिचको आपसी मनमुटावले नगरको काममा समस्या सिर्जना हुने बताउँदै उनले मनमुटाव त्यागेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले कर्मचारीहरूका आफ्ना हकहित प्राप्त गर्नका लागि संगठन आवश्यक पर्ने बताइन् । यहाँ रहेका सबै कर्मचारीहरूलाई गोलबद्ध गरी संगठनलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिइन् । यस्तै कर्मचारी एशोसियसनका केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठले कर्मचारीहरूका समस्या समाधानसँगै हकहितका लागि एशोसियसनले काम गरिरहेको बताए ।

कार्यक्रममा कर्मचारी एशोसियसन बुटवलका अध्यक्ष अनिल प्रसाद मान्डव्यले वार्षिक प्रदिवेदन प्रस्तुत गर्दै आफ्नो कार्याकालमा सम्पन्न भएका विभिन्न कार्यक्रमहरूबारे जानकारी गराए । साथै उनले कर्मचारीहरू एकआपसमा एकजुट हुन नसकेमा आफ्ना हकअधिकार प्राप्त गर्न नसकिने बताए । कर्मचारी एशोसियसन बुटवलका सचिव रेश्मीराज घिमिरेले एशोसियसनले कर्मचारीहरूलाई सुख दुःखमा साथ दिदै आएको बताउँदै ३७ जना कर्मचारीका परिवार र कर्मचारीहरूलाई २ लाख ७९ हजार बराबरको राहत रकम वितरण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission