© २०२३
लमही, १६ चैत ।
गर्मी हावा हुरि बढ्दै जाँदा दाङका अधिकाम्स वनमा डढेलोको दुरुसगै जोखिम बढ्दै गएको छ । एकातिर जनचेतना जगाउने उद्देश्यले सहरमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्, भने अर्कोतर्फ जंगलमा डढेलो लाग्ने क्रम जारी छ । उता देउखुरी वन सब डिभिजन कार्यालय लमहिका प्र्मुख महेन्द्रराज वाग्लेले अहिले स्थानीय तहको सहयोगमा डडेलो नियन्त्रण गर्ने प्रयास भै रहेको बताए । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्री देबकरण कलवारले डडेलो सुरु सबैको चिन्ताको बिषय भएको भन्दै नियन्त्रण सबैसग समन्वय भै रहेको बताए ।
यस वर्षमात्रै दर्जनौँ ठाउँमा वन डढेलो सुरु भई करोडौँको हरियाली ध्वस्त भइसकेको छ । तर, सहरमा जनचेतना कार्यक्रम आयोजना गरिए पनि वास्तविक प्रभाव गाउँ र वन क्षेत्रमा कम देखिएको छ । यसैबीच, गत हप्ता मात्रै देउखुरी सब डिभिजन वण कार्यालयले बाजागाजा सहित डडेलो सम्बन्धि सचेत सप्ताहको समापन गरेको हो । सहरमा वन संरक्षणबारे चेतनामूलक कार्यक्रम भइरहेका छन् । स्कुल–विद्यालयमा गोष्ठी, सडक नाटक, बाजागाजा सहितका सचेतना ¥याली आयोजना गरिएका छन्। पर्यावरणविद्हरू भन्छन्, ‘चेतनाको स्तर बढ्दै छ, तर कार्यान्वयन कमजोर हुँदा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको छ ।’
डढेलो नियन्त्रणमा सरकारको तयारी कति ? सरकारले वन डढेलो नियन्त्रणका लागि केही पहल गरे पनि प्रभावकारी देखिएको छैन । वन विभागका अनुसार डढेलो नियन्त्रण गर्न स्थायी दमकल सेवा, अग्नि सुरक्षा उपकरण र जनशक्ति अभाव छ । विशेषज्ञहरू भन्छन्, ’वन डढेलो रोक्न प्रचार मात्र होइन, नीति कार्यान्वयन र स्थानीय तहको संलग्नता आवश्यक छ ।’ वन संरक्षणविद्हरूले तत्काल डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षाकर्मी, र सामुदायिक वन उपभोक्ता समूहहरूबीच समन्वय आवश्यक रहेको बताइरहेका छन् ।
जनचेतना मात्रै कि ठोस कदम ?
विशेषज्ञहरूका अनुसार जनचेतना अभिवृद्धिसँगै वन क्षेत्रलाई सुरक्षित राख्ने ठोस नीति अवलम्बन गर्न आवश्यक छ । वनमा फालिने प्लास्टिकजन्य वस्तु, सिगरेटका ठुटा, र अनियन्त्रित आगलागी रोक्न स्थानीय समुदायको सहभागिता अत्यावश्यक छ । सरकार र सरोकारवाला निकायले वन संरक्षणमा जनचेतना मात्रै होइन, डढेलो रोकथामका लागि प्रभावकारी रणनीति अपनाउ पर्ने देखिन्छ । अन्यथा, सहरमा बाजा घन्किरहँदा जंगलमा डढेलो दन्किरहने क्रम रोक्न सकिने छैन ।