ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

अहिले वर्तमानमा हावापानी हेर्दा ग्रीष्ममा अत्याधिक गर्मि हुने गरेको छ भने हिउँदमा पहिलेझै जाडो हुदैन । यो वर्ष हिमाली क्षेत्रमा राम्रोसंग हिउँ नपरेकोले हिमाल कालो देखिएका समाचारहरू टिभीमा देखाईएका थिए । यी सब तापक्रम वृद्धिले गर्दा भैरहेको छ जसलाई ग्लोबल वार्मिंग भनेर विश्वभरी चिनिएको छ । अहिले मुस्तांग मरुभूमि बनेको छ जहाँ केहि घाँसपात समेत राम्ररी उम्रन सकेको छैन त्यहाँ पहिले हिउँले ढाकेको हुन्थ्यो । नेपालमा गर्मि शुरु नहुदै तल तराईबाट माथिको पहाडलाई हेर्दा डढेलो लागेको देख्न सक्छौं । हालसालै अमेरिकाको लस एन्जलस भन्ने ठाउँमा ठुलो डढेलो लागेको थियो जसको कारण पनि यहि तापक्रम वृद्धि हो भन्ने बुझीएको छ । तराई प्रदेश नेपालको अन्न भण्डार हो र यहाँ खडेरी पर्न थालेको छ । किसानको पसिना अहिलेको मौसमको खडेरीमा परेको खेतबारिले सोसिसकेकोले छ ।

अहिले नै यस्तो समस्या आइसकेको छ भने हामी कल्पना गर्न सक्छौ कि भविष्यमा कस्ता प्रभाव पर्ला ? भविष्यमा सबैभन्दा खानेकुरा र स्वास्थ्यको समस्स्या पर्छ । महामारिजन्य रोगहरूको (जस्तैः कोरोना, जीका भाइरस, बर्ड्फ्र्लु आदि) प्रकोप बढ्दै जाने, तापक्रम बढ्दा खानेपानी दुषित हुने, प्राकृतिक प्रकोपहरू बढ्दै जाने र सबै भुगोलहरू अन्ततः मरुभूमिमा परिवर्तित हुन सक्छन् । खाद्यान्नको अभावले चोरि, डकैति, हत्या, हिँसा बढ्दै जान्छ । साथै ऋतु चक्रमा समेत नकारात्मक प्रभाव देखिन गई अति वर्षा, अल्पवर्षा र खडेरी देखा परेर पारिस्थितिक प्रणाली समेत बिग्रन्छ । भविष्यमा अक्सिजनको अभावले मानिसको अकालमै मृत्यु हुन जान्छ ।

विश्व तापक्रम बढ्नुको करण मानिसहरूको दैनिक क्रियाकलाप हो । डिजल र पेट्रोल गाडी चलाउँदा बाहिर निस्कने धुवाँले गर्दा, प्लास्टिकजन्य वस्तु जलाएर नराम्रो धुवाँ वायुमण्डलमा जम्मा हुँदा र रुखबिरुवा काट्दा तातो हावाको मात्रा बढ्नु हो । जथाभावी खनिज निकाल्दा हावामा धुलोका कण धेरै जम्मा भई वायु प्रदुषित हुन्छ । प्लाटिकजन्य वस्तु जथाभावी फाल्दा सुर्यका तातो किरणले प्लास्टिकबाट नराम्रा हावा बाहिर निस्केको हावाबाट श्वास फोक्सोमा क्यान्सर पनि फेला पर्न सक्छ ।
विश्व तापक्रम नियन्त्रण गर्नका लागि एक मानिसले विद्युतबाट चल्ने गाडी चलाउने, कुहिने र नकुहिने फोहोर फरकफरक ठाउँमा राख्ने र सकेसम्म विद्युतीय रूपमा खाना पकाउने उपकरण ईनडक्सन प्रयोग गर्ने अथवा ग्यांसको प्रयोग गर्नुपर्छ । हामिले सकेसम्म रुख काट्नु हुँदैन । दाउरा चाहिएमा रुखका झरेका हाँगाबिंगा प्रयोग गर्नुपर्छ । विश्व तापक्रम वृद्धि नियन्त्रण गर्न सरकारले जनचेतना अभियान वृक्षारोपण अभियान संचालन गर्ने र एउटा रुख काटेमा धेरै जरिवाना लिने र वनजंगल वरिपरी तार बेर्ने गर्नुपर्छ र विद्युतीय सवारी साधनमा कर थोरै गर्नुपर्छ । गाउँमा बस्ने मानिसहरूलाई दाउराको सट्टा सौर्य उर्जा वा गोबर ग्याँस वितरण गर्ने गर्नुपर्छ ।
कालिका मानवज्ञान मा.बि., कक्षा ६

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?