ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

बुटवल, १६ चैत ।
शुक्रबार काठमाडौंमा राजाबादीहरूले गरेको प्रदर्शन अराजक बनेको छ । शान्तिपूर्ण भनिएको आन्दोलन अराजक तर्फ परिणात हुँदा विभिन्न स्थानमा तोडफोड सहित लुटपाट गरिएको हो । उक्त घटनामा परेर एक जना पत्रकारसहित अर्का एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । ‘प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,’ उनले भने । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।

बिहीबार तीनकुने क्षेत्रमा भएको झडपमा कीर्तिपुर– ४ बस्ने २९ वर्षिय सविन महर्जनको मृत्यु भएको छ । गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । प्रहरीको गोली लागेर उनको मृत्यु भएको हा । पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए । आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई कानुनी कारबाहीमा ल्याइने बताए । आन्दोलनकारीले विमानस्थलमा समेत आगजनीको प्रयास गरेको उनले बताए ।सरकारले अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा साँझ जारी प्रेस विज्ञप्तिमा कानूनको उल्लंघन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनी जस्ता अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भ्रत्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने–गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने सरकारले स्पष्ट पारेको छ । संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै उल्लेख गर्दै मन्त्रालयले शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई नहुने स्पष्ट गरेको छ ।

भाटभटेनीमा राजावादीको तोडफोडः
राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेको छ । तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पु¥याएका छन् । राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो । तीनकुनेका विभिन्न घरभवनमा पनि तोडफोड र आगजनी गरिएको छ ।

प्रदर्शन हिंसात्मकः मानवअधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ ।आयोगले एक विज्ञप्ति जारी गरी प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरू बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको हो । शुक्रबार राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरूको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो । आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजावादीहरूको आन्दोलन हिंसात्मक देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनकारीले तीनकुनेमा सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण हुनुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको भेटिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । अनुगमन गर्न हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि समेत प्रदर्शनकारीहरूबाट आक्रमण भएको जनाएको छ । प्रहरीले व्यक्तिको निजी आवास प्रयोग गरेर अश्रुग्यास प्रहार गरेको देखिएको भन्दै आयोगले भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र हवाई फायर गरेको पाइएको जनाएको छ । ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । ‘आयोगले आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरूप्रति पर्नजाने असरमा संवेदनशील हुन पनि आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

जडीबुटी कम्पनीमा आगजनी
राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । कार्यालय परिसरमा रहेका गाडीहरूमा समेत उनीहरूले आगजनी गरेका छन् । कम्पनीकी महाप्रबन्धक उषा रिजालले कार्यालय भवन र गाडीमा आगजनी भएको बताइन् । समयमै दमकल नआए गोदाम र मुख्य भवनमा पनि आगो सल्किने उनले बताइन् । तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् । राजबादीहरूले काठमाण्डौमा प्रर्दशन गरेपछि भैरहवा बुटवलमा पनि प्रर्दशन गरेका हुन् । उनिहरूले मोटरसाईकल ¥याली आयोजना गरेका हुन । रूपन्देही जिल्लाका प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार रूपन्देहीमा प्रदर्शन शान्तीपूर्ण भएको बताए । काठमाडौमा भएको प्रदर्शनलाई हेरेर रूपन्देहीका प्रहरी युनिटलाई सर्तक रहन निर्देशन गरेको उनले बताए । उनले भने–‘ हामी सुरक्षा मजबदुत गराउनको लागि गृहकार्य जारी राखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?