© २०२३
बुटवल, चैत । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा वृहत रक्तदान कार्यक्रम गरिएको छ । शुक्रबार संस्थाको आफ्नै कार्यालय परिसरमा गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा उपाध्यक्ष सीता झेणीले बताईन ।
सहकारीका संस्थापक अध्यक्ष हर्षलाल श्रेष्ठ, अध्यक्ष हिक बहादुर दर्लामीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । सहकारीबाट नियमित रुपमा सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएको सहकारीका अध्यक्ष हिक बहादुर दर्लामीले बताए ।
सहकारी प्रशिक्षण सहित विभिन्न समयमा शिविर, सचेतनामुलक कार्यक्रम गर्दै आएको हो । सहकारीले आफ्नै जग्गामा भवन समेत निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएको हो । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।