© २०२३
दाङ,१४ चैत।
पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ। भट्टराई बसेको होटल नजिक पुगेर युवाहरूले उनलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन्।राजावादी युवा समर्थकहरुले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । संघीयता खारेज गर, धर्मनिरिपेक्षा खारेज गर, हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले बोकेको कालो झण्डा प्रहरीले खोसेको छ।
जिल्ला प्रहरी कार्यालय दाङले कालोझण्डा देखाइएको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। ‘यस बारेमा बुझ्दैछौं। अनुसन्धान जारी छ,’ डिएसपी चक्रबहादुर शाहले भने।