© २०२३
काठमाण्डौ ।
पोखराबाट गएको सोमबार अपहरणमा परेकी ७० वर्षीया अमेरिकी महिला हेटौँडाबाट उद्धार गरिएको छ। उनी पोखराको लेकसाइडमा रहेको एक होटलबाट अपहरणमा परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी कार्यालयको सहकार्यमा महिला उद्धार गरिएको हो।
प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, अमेरिकी महिला अपहरणपछि तीन लाख युरो फिरौती माग गरिएको थियो। नेपालमा रहेको अमेरिकी राजदूतावासको सूचनाअनुसार प्रहरी अनुसन्धानमा जुटेपछि हेटौँडाको नेवारपानीबाट महिला मुक्त गरिएको हो।
अपहरणको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नं. ४ की ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको छ। महिला मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी थिइन्।